logo

नेपाली चलचित्रमा डेब्यु गर्दै युवराज केशरी

      9/26/2017 गते 00 00 मा प्रकाशित     3230   पटक पढिएको

वीरगञ्ज विगत ५ वर्षदेखि मोडेलिङ्ग क्षेत्रमा क्रियाशिल रहेका नायक युवराज केशरी चाँडै नयाँ अवतारमा देखिने भएका छन् । मायालु तिमी, जिन्दगीमा, तिमीलाई देखेर, तिम्रो खुशीमा, म जुन तिमी तारा, मलाई उनी मन पर्यो लगायत आधा दर्जन म्युजिक भिडियो र टिभिसीमा अभिनय गरिसकेका नायक केशरी ठुलो पर्दामा देखिने पक्कापक्की भएको छ । केही दिनअघि काठमाण्डौमा सम्पन्न अडिसनमा, निर्माण हुन लागेको नेपाली चलचित्रको प्रमुख पात्रहरुमध्ये एकका लागि उनलाई छनौट गरिएको बताइएको छ । मिस्टर हैण्ड्सम् वीरगञ्ज २०१४ को उपाधी जितेदेखिनै मोडेलिङ्गमा क्षेत्रमा लागेका उनले अहिलेसम्म मोडेलिङ्ग क्षेत्रलाई आफनो धेरै उत्कृष्ट सृजनाहरु समर्पित गरिसकेका छन् । पछिल्लो समय सर्वजनिक भएको उनको म्युजिक भिडियो म जुन तिमी तारा दर्शक श्रोताद्धारा निकै नै रुचाइएको थियो । त्यसैगरि उनले वीरगञ्जकै पहिलो सर्ट मुभि साइलेन्ट लभमा पनि अभिनय गरेका छन् । यसभन्दा फरक उनले वीरगञ्जकै पहिलो टिभिसि एडमा पनि अभिनय गरेका छन् । म्युजिक भिडियोहरुमा अभिनय गरि मोडेलिङ्गमा लामो अनुभव बटुलिसकेका नायक युवराज केशरीले चलचित्रमा उत्कृष्ट अभिनय गर्ने बताएका छन् । एक कुशल मोडेल, सबल व्यवस्थापक र उत्कृष्ट आयोजक युवराज केशरी आगामी चलचित्रमा पुर्ण रुपमा नयाँ रुपमा देखिने भएका छन् ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.