logo

वीरगंजमा भोजपुरी फिल्म अवार्डको आयोजना गरिने 

      3/20/2017 गते 00 00 मा प्रकाशित     1939   पटक पढिएको

वीरगंज, ७ चैत्र ।
माँ राधिका इंटरनेशनल मुभिज प्रालिले वीरगंजमा पहिलो चोटी भोजपुरी फिल्म फेस्टिवलको आयोजना गर्न लागेको छ ।
यही चैत्र २६ गते शनिवारका दिन आयोजना गर्न लागिएको सो कार्यक्रममा भोजपुरी फिल्म, भोजपुरी संस्कृति, भोजपुरी भाषा प्रवर्धनमा योगदान पुर्याउने नेपाल तथा भारतका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिने भोजपुरी फिल्मका नायक परदेशी साहले बताए ।
एस. पी खरेलको नामले चर्चित नायक साहले आफ्नो फाइदाकालागि बिभिन्न राजनीतिक दल, संघ संगठनले वीरगंज र भोजपुरी भाषाको जननी वीरगंजलाई प्रयोग गर्ने तर यसको उत्थान संवर्द्धन एवम् प्रवर्धनमा कतैबाट सहयोग नभएको गुनासो गरे ।
वीरगंजलाई विश्वव्यापी रुपमा चिनाउन, वीरगंजलाई फिल्म इंडस्ट्रीजको रूपमा स्थापित गर्न उद्देश्यले वीरगंजमा भोजपुरी फिल्म फेस्टिवलको आयोजना गर्न लागिएको भोजपुरी तथा नेपाली फिल्मका निर्माता सूरज प्रधानको भनाई छ । 
सो फेस्टिवलमा कलाकार, निर्देशक, निर्माता, संगीतकार, गीतकार, द्वन्द्व निर्देशक, मेक अप पर्सन, क्यामरा पर्सन लगायतलाई सम्मान गर्ने योजना रहेको नायक परदेशी साहले बताए  ।
नेपालमै सर्व प्रथम पहिलो पटक हुन गÞैरहेको भोजपुरी फिल्म अवार्डले भोजपुरी भाषा बोल्ने र फिल्मको माध्य्मबाट राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय देशहरूमा उहाँको कला तथा योगदान र सहयोग मार्फत जुन चिनाउने टेवा पुर्याउनेहरूलाई सम्मान तथा अवार्ड दिने भएको हो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.