logo

निखिल उप्रेतीको  युनिट देश दौडाहामा

      3/22/2017 गते 00 00 मा प्रकाशित     2074   पटक पढिएको

 

चलचित्र ‘निर्भय’रिलिजको संघारमा रहेको छ ।यहि शुक्रबार देश भरका सिनेमा प्रदर्शनमा आउन लागेको ‘निर्भय’ युनिट अहिले देश दौडाहा निस्केको छ ।चलचित्रका नायक निखिल उप्रेती पिजडा व्यक अगेनको छायांकनमा चितवन रहदा चलचित्र युनिट सग उनि पनि मोफसलको केहि सहरमा प्रचार प्रसारको लागि निस्किएका छन् ।आईतबार चितवनको भरतपुरमा चलचित्र युनिटले एक पत्रकार भेटघाट कार्यक्रम गरेर चलचित्रको बारेमा जानकारी गराएको छ ।चलचित्रका नायक निखिल उप्रेती,नायिका नीता ढुंगाना ,खलपात्र विकास चापागाई,निर्देशक मधुसुदन भट्टराई तथा निर्माता देवी प्रसाद पाण्डे उपस्थिति रहेको पत्रकार भेटघाटमा चलचित्र ‘निर्भय’को बारेमा जानकारी दिएको थियो ।
एक्शन किङ्ग अभिनेता निखिल उप्रेती अर्को चलचित्रको छायांकन सेट बाट सिधै ‘निर्भय’को पत्रकार भेटघाटमा आउन केहि ढिलो भए पनि उनले चलचित्रको बारेमा खुलेर तारिफ गरेका थिए ।एउटा ईमान्दार प्रहरीको भूमिकामा देखिएका निखिलले हाम्रो समाजमा भएको घटनालाई चलचित्र मार्फत देखाउना खोजिएको बताए ।

त्यस्तै नायिका नीता ढुंगानाले पनि चलचित्र निकै राम्रो भनेको र आफुले धेरै आशा गरेको भन्दै यस चलचित्र हेर्न दर्शकले अनुरोध समेत गर्नु भयो । निर्देशक मधुसुदन भट्टराईले आफुले निकै मेहेनत गरेर एउटा राम्रो चलचित्र निर्माण गरेको हुदा दर्शकको साथ पाउने विश्वास गर्नु भयो। चलचित्रका निर्माता देवी प्रसाद पाण्डेले एउटा राम्रो चलचित्र निर्माण गर्ने आफुले पैसामा कुनै कमि न गरेको भन्दै एउटा राम्रो चलचित्र निर्माण गरेको दाबी गर्नु गरे ।
चलचित्र रिलिजको तयारीमा हुदा निखिल उप्रेती ब्यस्त हुदा चलचित्र युनिट छायांकन सेटमा नै निखिल लिन पुगेका थिए । आज बुटवलमा चलचित्रको पत्रकार भेटघाटको लागि चितवन बाट युनिट बुटवल लागेको थियो ।

टेलर र गीत संगीतले निकै चर्चामा रहेको यस चलचित्र प्रसिद्धि सिने आट्सको पहिलो प्रस्तुति रहेको देवी प्रसाद पाण्डेले निर्माण गर्नु भएको हो ।चलचित्रमा यम थापाको लेखन, रामशरण उप्रेतीको छायांकन, अर्जुन पोखरेल र ताराप्रकाश लिम्वुको संगित,रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ ।चलचित्रमा हिमाल केसीको एक्शन रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.