logo

धोकेबाज ब्वाइफ्रेण्डलाई ‘देखाइदिने’ युवतीको अनौठो काइदा

      3/23/2017 गते 00 00 मा प्रकाशित     1934   पटक पढिएको

 आफुले प्रेम गरेको मानिसले धोका दिँदा कसको मन छिया छिया नहोला रु धोकेबाजको बदला लिन, धोकेबाजलाई देखाइदिन, वा विगतका प्रेम सम्बन्धका यादहरु भुलाउनका लागि मायालुहरुले अनेक जुक्ति निकाल्छन् ।
           कतिले धोका दिनेको अनुहार कहिल्यै हेर्नु नपरोस् भनेर डेरा नै सर्छन् पनि । अनि कतिपयले बोली बार्छन् । अष्ट्रेलियाको मेलवर्नमा बस्ने २६ बर्षकी हिदी रुहोनेनले आफ्नो धोकेबाज प्रेमीलाई देखाइदिने अनौठो उपाय अपनाइन् ।
           मेलवर्न विश्वविद्यालयकी विद्यार्थी हिदी लामो समयदेखि कुनै युवकसँग प्रेम सम्बन्धमा थिइन् । तर हाल आएर उसले आफुलाई चिटिङ गरिरहेको कुराको पत्तो पाएपछि उनको मन दुख्यो । त्यसपछि उनले धोकेबाजलाई सबक सिकाउने निधो गरिन् ।
            बदला यसरी लिने सोचिन् की जो कोहीले कल्पना गर्न पनि गाह्रो । उनले धोकेबाज प्रेमीले आफुलाई उपहार दिएका सबै सामानहरुको पसल थापेर बिक्रि गरिन् । ब्वायफ्रेण्डले दिएका कपडा, जुत्ता, भिडियो गेम, मूूभी डिभिडी, किताब तथा स्पिकर जस्ता सामानहरु उनले आफ्नो ग्यारेजमा सेल लगाइन् र मानिसहरुलाई बेचिदिइन् । ती सामानहरु बेचेर प्राप्त भएको रकमले घुमफिरमा निस्कने योजना उनको छ ।
          ‘न रहन्छ बाँस, न बज्छ बाँसुरी’ भन्ने उखान ठ्याक्कै मिल्यो हिदीलाई । अव धोकेबाजका चिनो आफुसँग नरहेपनि यादले झस्काउने भएन । घुमफिर गरेर धोकेबाजले दिएको मुटुको घाउ निको पार्ने कोसिस पनि हुनेभयो । एजेन्सी

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.