logo

कलाकारहरुलाई सम्मन गरिने 

      3/18/2017 गते 00 00 मा प्रकाशित     1836   पटक पढिएको


वीरगञ्ज, ०५ चैत ्र उत्कृष्ट प्रतिभाको सम्मान र संरक्षण गर्ने उदेशयले आयोजना हुन गइरहेको वीरगञ्ज युथ स्टार अवार्डस्को पहिलो चरण अर्थात उद्घाटन सत्र आज सम्पन्न भएको छ । वीर्गञ्जस्थित बिपिसि कलेजको सभाहलमा सम्पन्न भएको सो कार्यक्रममा वीरगञ्जमा रहेको प्रतिभाशाली कलाकारहरुको सम्मान एवम् प्रोत्साहन गर्नका लागि सो कार्यक्रम गनृ लागिएको आयोजक संस्थाका रेयान कायस्थले बताएका छन् ।

 

विभिन्न १९ विधामा उत्कृष्ट हुने कलाकारहरुलाई अवार्ड प्रदान गरिने बताइएकोे छ । सर्वोत्कुष्ट गायन पुरुष र  महिला, सर्वोत्कृष्ट स्टेज पर्फमर पुरुष र महिला, सर्वोत्कृष्ट मोडल पुरुष र महिला, सर्वोकृष्ट म्युजिक भिडियो सम्पादक, सर्वोत्कृष्त क्याम्पस डिन, सर्वोत्कृष्ट म्युजिक भिडियो लगायतका विधाहरुमा अर्वाड प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा नायक युवराज केशरी, नायक अशोक आरयन यादव, संचारकर्मी हेमन्त तामाङ्ग, गायक सुनिल पंडित लगायतलाई आयोजक रेयान कायस्थले दोशल्ला ओढाई सम्मान गरेका थिए ।

 

त्यसैगरि कार्यक्रममा गायक अनुप तिवारी, रविन्द्र क्षेत्री, चन्दन प्रजापति, मन्दिप खड्का, सुरभी मिश्रा, रिचा बाँनिया, मिस्टर वीरगञ्ज २०१६ निर सर्राफ, नव नायक रोहित चौधरी लगायतको विशेष उपस्तिथी रहेको थियो । सो कार्यक्रम आरके क्रिएटिभ इभेन्टस् एण्ड इन्टरटेन्मेन्टको सक्रियतामा आयोजना हुन गइरहेको छ । कार्यक्रमको सहजीकरण विवेक कर्ण गरेका थिए ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.