logo

५८ जनाले गरे रक्तदान, राउन्ड टेबल नेपाल वीरगञ्ज र रोट्र्याक्ट क्लबलाई , रेडक्रस पर्साले दियो धन्यवाद

 इसीमाना सम्वाददाता     २०८३ सावन २३ गते ०६: १७ मा प्रकाशित     202   पटक पढिएको

वीरगञ्ज । वीरगञ्जमा राउन्ड टेबल नेपाल वीरगञ्ज र रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको संयुक्त आयोजनामा वीरगंजमा ५८ जनाले रक्तदान गरेका छन्।

 

वीरगंजको घण्टाघरमा शनिबार आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका युवा सहित सर्वसाधारणले रक्तदान गरेका हुन्। कार्यक्रममा देवनाथ राय, सगुन कुमार सिंह, अफरोज अन्सारी, कृष्णमोहन यादव, सञ्जोग थापा, शक्ति श्रेष्ठ, सहिम राउत गद्दी, राहुल महतो लगायतले रक्तदान गरेका थिए।

 

राउन्ड टेबल नेपालका अध्यक्ष सुमित मित्तल र रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका अध्यक्ष रामविनय यादवको संयुक्त अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

 

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, दिनानाथ रौनियार, रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका अध्यक्ष राजकिशोर प्रसाद, मोहित राजपाल, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, समाजसेवी राजेन्द्र भट्टराई तथा सञ्चारकर्मी लगायतको सहभागिता थियो।

 

नेपाल इनोभेटिभ सोसाइटी वीरगञ्जका अध्यक्ष कमल चौगाईले रक्तसञ्चार केन्द्र वीरगञ्जमा रगतको अभावका कारण नारायणी अस्पताललगायत विभिन्न अस्पतालमा उपचाररत बिरामीको उपचारमा समस्या भइरहेको बताए।

 

यस्तो अवस्थामा रक्तदान कार्यक्रम आयोजना गरी मानवीय सेवामा योगदान दिएकोमा उनले राउन्ड टेबल नेपाल वीरगञ्ज र रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसप्रति आभार व्यक्त गरे। उनले रक्तदान गरी कसैको जीवन बचाउने रक्तदाताहरू समाजका असल नायक भएको उल्लेख गर्दै सबैलाई नियमित रक्तदान गर्न आग्रह गरे। 

May be an image of one or more people and text

वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहले  बिरामीलाई समस्या भइरहेको अवस्थामा रक्तदान कार्यक्रम आयोजना गरेर आयोजक संस्थाले महत्वपूर्ण मानवीय कार्य गरेको बताए।

 

उनले आफ्नो शरीरको अमूल्य अंशका रूपमा रहेको रगत दान गरेर अरूको जीवन बचाउने रक्तदाताहरू समाजका वास्तविक नायक भएको उल्लेख गर्दै नियमित रक्तदानका लागि सर्वसाधारणलाई आह्वान गरे।

 

यसैगरी कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पर्साका अध्यक्ष वृजकिशोर पटेलले आयोजक संस्था र रक्रदाताहरुलाई धन्यबाद ब्यत गरे । साथै उनले अरु संघ संस्थाहरुलाई पनि रक्रदान कार्यक्रमको आयोजना गर्न आग्रह गरे ।

 

कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरवराज पाण्डेको नेतृत्वमा स्वयंसेवकको टोलीले रक्तदातालाई रक्तदानमा सहजीकरण गरेको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.