logo

व्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

 इसीमाना सम्वाददाता     २०८३ सावन २० गते ०६: ०७ मा प्रकाशित     239   पटक पढिएको

​वीरगञ्जज ।  वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र अव्यवस्थित र लथालिङ्ग अवस्थामा छाडिएका इन्टरनेटका तारहरूका कारण सहरी सौन्दर्य बिग्रिनुका साथै दुर्घटनाको जोखिम बढेपछि महानगरपालिकाले यसको व्यवस्थापनका लागि अग्रसरता देखाएको छ।

 

त्रिभूवन राजपथको बिस्तार गर्ने क्रममा हटाइएका संरचना र त्यसको थुप्रो  हटाउन परेको कठिनाइ तथा विशेष गरी गर्मी मौसममा हुन सक्ने आगलागीको उच्च जोखिमलाई ध्यानमा राख्दै महानगरपालिकाले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई छलफलका लागि बोलाएको हो।

 

 कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले यस बिषयमा चासो देखाएपछि महानगरले तारको व्यवस्थापन, मर्मत तथा सहरी सौन्दर्यीकरणका लागि पहल थालेको हो।

 

 ​वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहरा द्वारा जारी सूचनाअनुसार वीरगञ्ज क्षेत्रमा सेवा सञ्चालन गरिरहेका सम्पूर्ण इन्टरनेट सेवा प्रदायक कम्पनीका आधिकारिक प्रतिनिधिहरूलाई यही साउन २२ गते बैठकमा बोलाएको छ ।

 

सेवा प्रदायकहरुलाई बैठकमा अनिवार्य उपस्थित हुन महानगरले अनुरोध गरेको छ । बैठकमा सहभागि नहुने सेवा प्रदायकहरुलाई असहयोगी मानिने समेत महनगरले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.