logo

लायन्स इन्टरनेशनल डिष्ट्रक्ट ३२५ एस काे गभर्नरमा रामबिहारी पाण्डे निर्वाचित

 इसीमाना सम्बाददाता     २०८२ चैत २९ गते ०६: १५ मा प्रकाशित     82   पटक पढिएको

 काठमाडौं । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एस’ को लायन वर्ष २०२६–२०२७ को लागि नयाँ नेतृत्व चयन भएको छ ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एस’ को काठमाडौंमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनबाट डिष्ट्रिक्ट गभर्नर पदमा वीरगञ्जका चर्चित समाजसेवी एवं सफल व्यवसायी रामबिहारी पाण्डे निर्वाचित हुनुभएको छ ।

 

 त्यसैगरी, प्रथम उप–गभर्नर पदमा हेटौंडाकि वरिष्ठ समाजसेवी एवं सफल महिला उद्यमी अंकीता सुमार्गी र द्वितीय उप–गभर्नर पदमा काठमाडौंका वरिष्ठ समाजसेवी एवं उद्यमी महेश पोखरेल निर्वाचित हुनुभएको छ ।

 

नवनिर्वाचित गभर्नर पाण्डे लायन्स आन्दोलनमा विगत २९ वर्षदेखि सक्रिय रहँदै आउनु भएको एक अनुभवी तथा समर्पित व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ ।

 

 

उहाँले आफ्नो कार्यकालमा डिष्ट्रिक्ट ३२५ ‘एस’ लाई अझ सशक्त, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

 

 उहाँले डिष्ट्रिक्ट ३२५ ‘एस’ लाई नमुना डिष्ट्रिक्टको रूपमा विकास गर्ने लक्ष्य राख्दै सदस्यता विस्तार, नेतृत्व विकास, प्रविधिमैत्री व्यवस्थापन तथा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र मानवसेवा सम्बन्धी कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने योजना अघि सार्नु भएको छ ।

 

त्यसैगरी, नवनिर्वाचित प्रथम उप–गभर्नर अंकीता सुमार्गी तथा द्वितीय उप–गभर्नर महेश पोखरेलले पनि डिष्ट्रिक्टको समग्र विकास तथा सदस्यहरूको सक्रिय सहभागिता बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।

 

 नयाँ नेतृत्व चयनसँगै डिष्ट्रिक्ट ३२५ ‘एस’ मा नयाँ ऊर्जा, उत्साह र सक्रियता थपिने विश्वास लिइएको छ । लायन्स सदस्यहरूले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.