logo

शिक्षिका मेनुका बुढाथोकीको बाघमोर्चामा अन्त्येष्टी, ठोरी गाउँपालिका शोकमा

 इसीमाना सम्वाददाता     २०८२ चैत २२ गते ०१: ०३ मा प्रकाशित     1175   पटक पढिएको

वीरगंज । ज्ञान ज्योति माध्यमिक विद्यालय ध्याडडाकी शिक्षिका मेनुका बुढाथोकीको पार्थिव शरीर ठोरी गाउँपालिका बाघमोर्चा मा धार्मिक विधिअनुसार आइतवार विहान साढे आठ बजे अन्त्येष्टि गरिएको छ ।

 

स्वर्गीय बुढाथोकीको चैत्र २० गते अपराह्न करिब ४ बजे मुक्तिनाथ दर्शनबाट फर्किने क्रममा असामयिक निधन भएको थियो । अवलोकन भ्रमणबाट फर्किंदै गर्दा भएको  घटनाले सम्पूर्ण गाउँ तथा विद्यालय परिवारलाई स्तब्ध बनाएको छ । 

 


मुस्ताङबाट उनको पार्थिव शरीर आज बिहान करिब ४ बजे ठोरी–४, मिलचोकस्थित आफ्नै निवासमा ल्याइएको थियो । त्यसपछि आफन्तजन, स्थानीयवासी तथा शिक्षकहरूको सहभागितामा शवयात्रा निकाल्दै बाघमोर्चामा धार्मिक विधिअनुसार अन्त्येष्टि सम्पन्न गरिएको हो । 

 


अन्त्येष्टि कार्यक्रममा ठोरी गापाका शिक्षकहरुको तर्फवाट शिक्षक सूर्यबहादुर खड्काले स्वर्गीय बुढाथोकीको संक्षिप्त जीवनी प्रस्तुत गर्दै उनको योगदानको स्मरण गरेका थिए ।

 

 उपस्थित सबैले उनको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरेका थिए । शवयात्रामा सहभागी सम्पूर्ण व्यक्ति त्यस घडीमा अत्यन्त भावुक देखिन्थे ।


स्वर्गीय बुढाथोकीको असामयिक निधनले विद्यालय परिवार मात्र नभई सम्पूर्ण स्थानीय समुदायमा गहिरो शोक छाएको छ । उनको शिक्षणप्रति समर्पण, अनुशासन र स्पष्ट स्वभाव सधैं स्मरणीय रहने स्थानीयवासीहरूले बताएका छन् । स्व.बुढाथोकीको दुई छोरा श्रीमान रहेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.