logo

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

 इसीमाना सम्वाददाता     २०८२ चैत १७ गते ०८: ३२ मा प्रकाशित     857   पटक पढिएको

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

 

बरिष्ठ साहित्यकार एवं परराष्ट्रविद डा.जयराज आचार्यले उनलाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरि सम्मान गरेका थिए । 

 


लम्जुङ्ग जिल्लाको साविकको सूर्यपाल पंचायतका बासिन्दा (हाल मध्यनेपाल नगरपालिका ) तिर्थराज न्यौपानेको स्मृतिमा स्थापित प्रतिष्ठानले समाजका बिभिन्न क्षेत्रमा योगदान दिएका ब्यक्तिहरुलाई सम्मान गर्दै आएको छ ।

 

सरकारी सेवा परित्याग गरि उतीबेलाको सूर्यपाल गाउँ पंचायतको प्रधानपंच समेत भएका न्यापानेले शिक्षाको बिकास महत्वपूर्ण योगदान दिएको उनको बारेमा जानकारी राख्नेहरु बताउछन ।

 

सदभाव ब्यवहार आचार जनप्रिय भएका न्यौपानेको त्यही योगदानलाई चीरस्थायी राख्नकालागि उनकै परिवारको तर्फबाट बिगत १६  वर्ष अगाडि प्रतिष्ठानको स्थापना भएको हो ।

 

स्व.तिर्थराज न्यौपानेको सान्ध्यिता प्राप्त बरिष्ठ समाजसेवी बख्रेल उनकै स्मृतिमा सम्मानीत हुनु पाउदा निकै खुशी लागेको बताउछन ।

 

२०१८ सालमा मेरो उहाँसंग भेट भएको हो बख्रेलले  स्व न्यौपानेसंगको भेट स्मरण गर्दै भने समाजको बिकासकालागि शिक्षाको बिकासमा उहाँले दिनु भएको योगदान आज सम्झदा लाग्छ त्यो योगदान अतुलनीय रहेछ ।

 

मधेशको पर्सा जिल्लाको गादीमा स्थायी बसोवास गर्दै आएका सम्मानीत ब्यक्तित्व बख्रेल पनि सामाजिक अगुवा हुन ।

 

पंचायतकालमै आफनो वार्डको नेतृत्व लिएर  बिद्यालयको स्थापना, छुट्टै गाउँ पंचायतको निर्माण निर्णायक भूमिका निर्वाह गरेका ब्यक्ति हुन । उनकै नेतृत्वमा पर्सा जिल्लामा गादी गाउँ पंचायतको जन्म भएको थियो ।


स्व. न्यापनेका पुत्र साहित्यकार बिजयराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकारहरुले आफनो सृजना बाचन गरेका थिए । कार्यक्रममा समाजको बिभिन्न क्षेत्रमा योगदान पुर्याएका अन्य ब्यक्तिपनि सम्मानीत गरिएका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

सुशासन र पारदर्शीता नचाहने प्रमुख प्रशासकीय अधिकृत यादवलाई बिभागीय कारवाहीको सिफारिश सहित आयोगले डाम्यो

वीरगञ्ज । पारदर्शीताको पक्षमा नरहेका सुशासनको प्रत्याभूती गर्न नचाहने एक जना अधिकृतलाई  राष्ट्रिय सूचना आयोगले डामेको छ । पर्साको जगन्नाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवलाई १६ हजार जरिवाना गरेर आयोगले डामेको हो ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.