logo

धार्मिक तथा सांस्कृतिक संवेदनशीलतालाई ध्यानमा राख्दै परीक्षा मिति पुनःनिर्धारण गर्न माग

 इसीमाना सम्वाददाता     २०८२ चैत ६ गते ०५: ५१ मा प्रकाशित     219   पटक पढिएको

जनकपुरधाम । पूर्वगृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले मधेश प्रदेशमा सञ्चालन हुने लोकसेवा आयोगको परीक्षा मिति सार्न  मांग गरेको छ ।

 

धार्मिक तथा सांस्कृतिक संवेदनशीलतालाई ध्यानमा राख्दै परीक्षा मिति पुनःनिर्धारण गर्नुपर्ने पार्टीको जोड रहेको छ ।

 


लोकसेवा आयोगले आगामी चैत ७ गतेका लागि तय गरेको परीक्षा मिति मुस्लिम समुदायको प्रमुख धार्मिक पर्व “इद” सँग जुध्ने  देखिएकोले उक्त मिति उपयुक्त नभएको पार्टीले जनाएको छ ।

 


मधेश प्रदेशमा मुस्लिम समुदायको उल्लेख्य उपस्थिति रहेको र उनीहरूका लागि इद अत्यन्त महत्वपूर्ण पर्व भएकाले सो दिन परीक्षा सञ्चालन गर्दा धेरै परीक्षार्थी प्रभावित हुने सम्भावना रहेको बताइएको छ ।


पार्टीले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कार र परम्परा अनुसार आचरण गर्न पाउने मौलिक हक सुनिश्चित गरेको उल्लेख गर्दै यस्तो अवस्थामा परीक्षा सञ्चालन गर्नु संविधानको भावनाविपरीत हुन सक्ने तर्क अघि सारेको छ ।

 

 धार्मिक स्वतन्त्रता, समान अवसर र सामाजिक सद्भाव जोगाउन राज्यले संवेदनशील निर्णय लिनुपर्नेमा पार्टीले जोड दिएको छ ।


त्यसैगरी, पार्टीले परीक्षाको मिति निर्धारण गर्दा विभिन्न समुदायका चाडपर्व तथा सामाजिक अवस्थालाई ध्यानमा राख्नुपर्ने आवश्यकता औंल्याएको छ । 


 ज्ञापन पत्र मधेश प्रदेशका लोकसेवा आयोगका प्रमुखलाई पार्टीका प्रदेश सचिव शैदर अन्सारीको नेतृत्वमा नागरिक अगुवाहरू समेतको सहभागितामा बुझाइएको थियो ।


पार्टीले सम्बन्धित निकायसँग यथाशीघ्र परीक्षा मिति पुनःनिर्धारण गर्न माग गर्दै यस विषयमा चाँडो निर्णय लिन आग्रह गरेको छ ।

 

साथै, यसबारे लोकसेवा आयोगले हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। परीक्षा मिति परिवर्तन हुने वा नहुने विषयमा आयोगको निर्णयलाई लिएर परीक्षार्थीहरू प्रतीक्षामा रहेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

सुशासन र पारदर्शीता नचाहने प्रमुख प्रशासकीय अधिकृत यादवलाई बिभागीय कारवाहीको सिफारिश सहित आयोगले डाम्यो

वीरगञ्ज । पारदर्शीताको पक्षमा नरहेका सुशासनको प्रत्याभूती गर्न नचाहने एक जना अधिकृतलाई  राष्ट्रिय सूचना आयोगले डामेको छ । पर्साको जगन्नाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवलाई १६ हजार जरिवाना गरेर आयोगले डामेको हो ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.