वीरगंज । पोखरिया नगरपालिकाको वडा नं ६ सिर्सियाका एक बिरामीलाई “कुइन ज्वैलर्स काठमाडौं” को सहयोगमा ह्वीलचेयर प्रदान गरिएको छ।
उपकार सेवा नेपालका अध्यक्ष विध्या कुमारी सरावगी तथा लायन्स क्लब अफ पोखरियाका अध्यक्ष नेजामुद्दीन शमानी, रूस्तम मियाँ बिरामीको घरमै पुगेर उक्त ह्वीलचेयर हस्तान्तरण गरेका हुन।
ह्वीलचेयर सहयोगका कारण बिरामीको दैनिकी सहज बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
मानवीय कार्यले समाजमा सेवा र सहयोगको भावना अझ सुदृढ बनाउने अपेक्षा गरिएको समानीले बताए ।
तपाईको प्रतिक्रिया