logo

शिव–पार्वती मन्दिर व्यवस्थापन तदर्थ समितिको अध्यक्षमा गुप्ता सर्वसम्मत चयन

 इसीमाना सम्वाददाता     २०८२ पौष १९ गते ०४: २२ मा प्रकाशित     243   पटक पढिएको

वीरगन्ज ।  वीरगन्ज महानगरपालिका वडा नम्बर १० स्थित घडिअर्वा क्षेत्रको अशोक वाटिका  समसान घाटमा रहेको शिव–पार्वती मन्दिर व्यवस्थापनका लागि गठन गरिएको तदर्थ समितिको अध्यक्षमा समाजसेवी युवा अजय गुप्ता सर्वसम्मत रूपमा चयन भएका छन्।

 

समितिको उपाध्यक्षमा नन्दु साह कानु, सचिवमा बन्टीलाल साह कानु तथा कोषाध्यक्षमा राकेश साह कानु चयन भएका छन्। यस्तै, वीरगन्ज–१० का पूर्व वडासदस्य अरबिन्द साहलाई समितिको सल्लाहकारमा चयन गरिएको अध्यक्ष गुप्ताले जानकारी दिए।

 

स्थानीय समुदाय तथा सरोकारवालाहरूको सहभागितामा सम्पन्न भेलाले मन्दिर र समसान घाटको समग्र व्यवस्थापन, संरक्षण तथा विकासलाई प्रभावकारी बनाउने उद्देश्यसहित तदर्थ समिति गठन गरेको हो। सोही भेलाबाट गुप्तालाई समितिको अध्यक्षको जिम्मेवारी सुम्पिएको बताइएको छ।

 

नवनिर्वाचित अध्यक्ष गुप्ता सामाजिक सेवा, धार्मिक तथा सामुदायिक गतिविधिमा सक्रिय रहँदै आएका युवा अभियन्ता हुन्। स्थानीयवासीहरूले उनको नेतृत्वमा मन्दिर तथा समसान घाटको व्यवस्थापन थप व्यवस्थित, स्वच्छ र मर्यादित हुने अपेक्षा व्यक्त गरेका छन्।

 

 स्थानीय समुदायले अध्यक्ष गुप्तालाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै धार्मिक आस्था र सार्वजनिक हितका क्षेत्रमा सकारात्मक परिवर्तन आउने विश्वास लिएका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.