काठमाडौँ । आरती शाहको शङ्कास्पद मृत्यु भएको घटनाबारे अनुसन्धान सरकारले जनकपुरमा केन्द्रीय टोली पठाएको छ ।
प्रहरी प्रधान कार्यालयले डीआईजी उमेशराज जोशीको नेतृत्वमा अनुसन्धान टोली जनकपुरमा पठाएको हो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत जोशीसँगै सीआईबीका एसपी होविन्द्र बोगटी, डीएसपी जागेश्वर भण्डारी र इन्स्पेक्टर शान्ता लामापनि टोली छन ।
यस अघि गत फालगुण २९ गते आरती साहका आन्दोलनरत आफन्त र गृहमंत्रालयवीच एक सम्झौता भएको थियो । पीडित परिवारसंग सम्झौता गर्दा गृहमंत्रालयले सीआइवीको टोली अनुसन्धानकालागि पठाउने सहमती गरेको थियो । गृहमंत्री रवी लामिछानेको रोहवरमा सम्झौता भएको थियो ।
२०८० जेठ ७ मा धनुषाको जनकपुर उप–महानगरपालिका वडा नम्बर–९ स्थित थापा चोकमा रहेको घरमा शङ्कास्पद रूपमा मृत फेला परेकी आरती शाहको मृत्युबारे ब्यूरोले टोलीले थप अनुसन्धान गर्नेछ ।
अनुसन्धान टोलीले काम थालेको ४५ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ । जिल्ला प्रहरी कार्यालय धनुषाका तत्कालीन प्रहरी अधिकारीहरूले पीडित परिवारमाथि कुटपिट र दुर्व्यवहार गरेको घटनाबारे पनि अनुसन्धान गर्न ब्युरोको टोलीलाई कार्यादेश दिइएको छ ।
त्यतीबेला सिआईबीको अनुसन्धान प्रतिवेदनको आधारमा पुनः अभियोजन गर्न पीडित पक्ष र गृह मन्त्रालयका अधिकृतहरू सहमत भएका थिए ।
तपाईको प्रतिक्रिया