logo

बिवरण ढाँटी नागरिकताको प्रतिलिपि लिएको आरोपमा दुई जना पक्राउ

 इसीमाना सम्वाददाता     २०७८ सावन १४ गते ०५: ४७ मा प्रकाशित     914   पटक पढिएको

बिवरण ढाँटेर नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिने र लिन सहयोग गर्ने सहित दूई जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

 

झूठा बिवरण पेश गरेर नेपाली नागरिकताको प्रमाण पत्र लिएको सूचना पाएपछि वडा प्रहरी कार्यालय श्रीपुरको प्रहरी टोलीले श्रीपुरबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका वडा नं २ निवासी धुरुप पटेल र सीता कुमारी पटेल रहेका छन । 


दुबै जनालाई पर्सा जिल्ला अदालतबाट ७ दिने न्यायीक हिरासतमा लिएर थप  अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताउनु भयो । 

 

भारतीय नागरिक सीता पटेलले जिल्ला प्रशासन कार्यालय पर्साबाट ०७० साल पुष ११ गते पर्सा जिल्लाको तत्कालिन बैरियाबिर्ता गाविसको बैरियाबिर्ता दापु ९ निवासी धुरुप पटेलको छोरी कविता पटेलको नाममा जारी भएको ना.प्र.नं.३४-०१-७०-१०३५२ को प्रतिलिपि लिएको सूचना पछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । सीता पटेलको झोला खान तलाश गर्दा नागरिकताको प्रतिलिपि फेला परेको हो ।

 

बुबा बनेर सनाखत गरेका ५१ वर्षिय पटेललाई भने प्रहरीले वडा नं १३ बाट पक्राउ गरि नागरिकता सम्बन्धी कसुर अनुसन्धान भइरहेको खनालले जानकारी दिनु भयो । 

 

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.