वीरगंज । प्रतिनिधि सभाको आजको बैठकमा पर्सा क्षेत्र नं १ बाट निर्वाचित साँसद बुद्धि प्रसाद पन्तले भोटेकोशीमा आएको बाढीमा परि बेपत्ता भएका बिभिन्न् आयोजनामा फसेका नागरिकको शिघ्र उद्दारको लागि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन ।
उनले यो बिपत्तीमा आफनै निर्वाचन क्षेत्रका धेरै नागरिक बेपत्ता भएको जानकारी दिदै उहााहरुका परिवारजन र आफन्तहरु श्वास र लासको पर्खाइमा रहेको बताएका छन ।
उनले बेपत्ता नागरिकको खोजीमा सोचे जस्तो परिणाम र युद्धस्तरको प्रगती नभएकोमा चित्त दुखाएका छन । उनले सरकारलाई आफनो सम्पूर्ण शक्ति र मित्रराष्ट्रहरुको पनि आवश्यक सहयोग लिएर परिणाममुखी उद्धार कार्य गरेर जनताको बिश्वास जित्न सरकारलाई अनुरोध गरेका छन ।
साँसद पन्तले त्रीशुली ३ ए जलबिधुत आयोजनामा पर्सा जिल्लाका इन्जिनियर दिलिप यदब र पछिल्लो लोकेसनमा घट्टेखोला एरियामा देखिएका पर्साकै सुनिल मान डङ्गोल तथा फरक फरक लोकेसनमा रहेका पर्सा १ कै अचुतम श्रेष्ठ , कमरुल होद्दा अन्सारी , समिम आलम , नवीन कुमार सिंह , नग नारायण पटेल , अजय कुमार यादब , सन्जय तामाङ , रमन श्रुप , अजिर अन्सारी , सहाबुद्दिन मन्सुरि , सर्फराज मिया , कबिता हल्दिया बिकास कुमार बर्णवाल र अरवाज हवारी लगायत सवैको शिघ्र उद्दारको लागि सरकारसंग जोडदार माँग गरेका छन ।
तपाईको प्रतिक्रिया