logo

एमालेको वीरगंज महानगर संयोजकमा कुर्मी

 इसीमाना सम्वाददाता     २०८३ भदौ १७ गते ०५: ५८ मा प्रकाशित     88   पटक पढिएको

वीरगञ्ज । नेकपा (एमाले) पर्साले वीरगञ्ज महानगरपालिका कमिटीको संयोजक पदमा सुन्दरप्रसाद कुर्मीलाई नियुक्त गरेको छ।

 

नेकपा (एमाले) पर्सा जिल्ला कमिटी सचिवालयको  भदौ २ गते बसेको बैठकको निर्णयअनुसार वीरगञ्ज महानगरपालिका कमिटीको रिक्त रहेको अध्यक्ष पदमा कुर्मीलाई अध्यक्षले गर्ने सबै काम गर्ने गरि संयोजक नियुक्त गरेको जनाएको छ।

 

एमाले पर्साले कुर्मीलाई पठाएको पत्रमा पार्टीको विधान तथा निर्णयअनुसार उनलाई महानगर कमिटीको संयोजकको जिम्मेवारी दिइएको उल्लेख छ। पत्रमा पार्टी संगठनलाई थप व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न सक्रियतापूर्वक जिम्मेवारी निर्वाह गर्न निर्देशनसमेत दिइएको छ।

 

पार्टीले महानगर कमिटीको संयोजकको जिम्मेवारी सम्हाल्दै संगठन विस्तार, पार्टीका नीति तथा कार्यक्रम कार्यान्वयन र कार्यकर्ताबीच समन्वयलाई प्रभावकारी बनाउन कुर्मीबाट योगदान पुग्ने अपेक्षा गरेको जनाएको छ।

 

कुर्मी नेकपा एमालेको पर्सा जिल्ला कमिटीको सचिवालय सदस्य थिए । कुर्मीलाई महानगर कमिटीको नेतृत्वको जिम्मेवारी दिएसँगै वीरगञ्जमा एमालेको संगठनात्मक गतिविधिलाई थप सक्रिय बनाउने बिश्वास लिएको पार्टीका पर्सा अध्यक्ष डा. बिश्वम्भर शर्माले बताए ।

 

यस अघि महानगरको अधिवेशनबाट निर्वाचित अध्यक्ष नवराज शर्मा पार्टीको बिशेष महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवार भएपछि अध्यक्ष पद रिक्त भएको हो । संयोग आज संयोजक भएका कुर्मी र शर्मावीच अधिवेशनमा प्रतिस्पर्धा भएको थियो  ।

img-20260902-wa0013.jpg

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.