वीरगञ्ज । नेपाली कम्युनिष्ट पार्टीले पार्टीको हित बिपरित काम गरेको भन्दै आफना दुई नेतालाई लिम्बन गरेको छ । निलम्बनमा पर्नेहरूमा केन्द्रीय समिति सदस्य रामबाबु बैठा र मधेश प्रदेश समिति सदस्य रामदरेश कुशवाहा रहेका छन् ।
उनीहरुलाई एक वर्षकालागि सबै पद तथा साधारण सदस्यताबाट समेत निलमबन गरिएको पार्टीले जारी गरेको कारवाही पत्रमा उल्लेख छ ।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह संयोजक माधव कुमार नेपालद्वारा हस्ताक्षरित छुट्टाछुट्टै कारबाही पत्रअनुसार बैठा र कुशवाहा दुवै जनाले पार्टीको नीति, सिद्धान्त तथा विधान, २०८२ ले निर्दिष्ट गरेको अनुशासन र आचरण उल्लङ्घन गरेको पाइएकोले निलम्बन गरिएको उल्लेख छ ।
पार्टी हितविपरीतका गतिविधि गरेपछि मधेश प्रदेश समितिमार्फत सोधिएको स्पष्टीकरणको जवाफ सन्तोषजनक र चित्तबुझ्दो नभएको तथा प्रदेश समितिको सिफारिसका आधारमा कारबाहीको निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।
निलम्बन अवधिभर दुवै नेताहरूलाई पार्टीले प्रदान गरेका सम्पूर्ण जिम्मेवारी तथा पदहरूबाट मुक्त गरिएको छ । साथै, निलम्बन अवधिमा पार्टीको नीति, सिद्धान्त, विधान र निर्णयहरूको पूर्ण पालना गर्दै अनुशासनप्रति गम्भीर तथा जिम्मेवार रहन दुवैलाई निर्देशित गरिएको छ । 

तपाईको प्रतिक्रिया