logo

पोखरिया नगरपालिकाद्वारा करार र ज्यालादारीका कर्मचारीको नियुक्ति बदर

 इसीमाना सम्वाददाता     २०८२ असार २४ गते ०२: ११ मा प्रकाशित     462   पटक पढिएको

वीरगन्ज । पर्साको पोखरिया नगरपालिकाले करार र ज्यालादारीमा रहेका सबै कर्मचारीको नियुक्ति बदर गरेको छ।

 

 नगरपालिका कार्यपालिकाको २०८२ असार २३ गतेको बैठकको निर्णयानुसार चालू आर्थिक वर्ष २०८१र८२ मा नियुक्त भएका सबै कर्मचारीमाथि यो निर्णय लागू हुनेछ।

 

यो कदमले नगर प्रहरी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, विद्यालयमा कार्यरत स्वयंसेवक शिक्षक, कार्यालय सहयोगी र अन्य कर्मचारीका साथै नगरभित्रका कुनै पनि संस्थामा करार सम्झौतामा खटिएका सबै शिक्षक तथा कर्मचारी गरी ठूलो संख्यामा कर्मचारी सेवाबाट बाहिरिने भएका छन।

 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम विनय कुमार सिंहद्वारा जारी सूचनामा २०८१ साउन १ गतेदेखि हालसम्म नियुक्त भएका सबै कर्मचारीलाई काममा नलगाउन सम्बन्धित शाखा प्रमुख, वडा सचिव, पोखरिया प्रादेशिक अस्पतालका प्रमुख, स्वास्थ्य संस्था प्रमुख र सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई कडा निर्देशन दिइएको छ।

 

सूचनामा स्पष्ट भनिएको छ, ‘यस्ता कुनै पनि कर्मचारीलाई कामकाजमा खटाएमा वा हाजिर गराएमा सम्बन्धित शाखा वा संस्था प्रमुख जिम्मेवार हुने व्यहोरा समेत जानकारी साथ अनुरोध छ।’

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.