logo

ढाँटेको कुरा काटे मिल्दैन, आलोचना बढ्दै गएपछि मन्त्री लेखीे झूठको खेती गर्दै

 इसीमाना सम्वाददाता     २०८२ असार २४ गते ११: ३३ मा प्रकाशित     471   पटक पढिएको

वीरगंज । नेकपा एमालेका केन्द्रीय सदस्य मधेश सरकारका गृह संचार तथा कानून मन्त्री राजकुमार लेखी यतिवेला झूठको खेतीमा ब्यस्त छन ।


उनले आफू एमालेको पुरानो कार्यकर्ता भएको भन्दै झुठ प्रचारमा लागेका हुन ।
 
नेकपा एमाले भित्र पार्टीले स्थापित गरेको कार्यशैली , बैधानिक प्रक्रिया र संस्थागत आवद्धताको खिलाफमा गएपछि पार्टी भित्र उनको आलोचना बढेर गएको छ ।

 

कार्यकर्ता पंक्तिबाट मधेशकेन्द्रीत दल छाडेर एमाले प्रवेश गरेका थारु कम्युनिष्ट कार्यशैलीमा रुपान्तरण हुन नचाहेको टिप्पणी हुन थालेको छ ।

 

उनले सम्हालेको  मन्त्रालयबाट सम्पादित हुनु पर्ने कुनैपनि काम संस्थागत नभएपछि उनको कार्यशैली र आचरण कम्युनिष्ट संस्कृति अनुरुपको नभएको भन्दै आलोचना बढेको हो ।

 

उनको निर्वाचन क्षेत्रमै पनि उनका बिरुद्ध तिब्र ध्रुविकरण छ । उनले निकै झूठो  बोल्ने गरेको उनकै निर्वाचन क्षेत्रका एमालेका जिम्मेवार कार्यकर्ताले बताएका छन ।

 

शनिवार सप्तरीको कञ्चनरुप नगरपालिकामा मुस्लिम समुदायले उनको स्वागतमा आयोजना गरेको कार्यक्रममा उनले पहिलो संधिान सभा बिघठन भएको भोलीपल्ट एमाले परित्याग गरेको स्मरण गरे । तर उनले चार पाँच पार्टी घुमेर एमालेमा नर्फिकएको दावी गरे ।

 

उनी एमाले परित्याग गरेको एक दशक पछि ५५ जना कार्यकर्ता लिएर एमाले फर्किए । यो वीचमा उनले पार्टी पनि बनाए तर २०७५ बैशाख ५ गते राजेन्द्र महतोले नेतृत्व गरेको पार्टीमा प्रवेश गरे ।

 

त्यसपछि उनी राजपा, जसपा र अन्तिममा लोसपाबाट एमालेमा प्रवेश गरेको तथ्यलाई तोडमोड गरेर एक दशकको आफनो एमालेलाई कमजोर तहस नहस बनाउन लागेको राजनीतिक यात्राका बारेमा बताउन चाहेनन  । 

 

यो वीचमा उनले मधेश प्रदेशको नीति आयोगको सदस्य भएर राज्यको स्रोत र साधनको दोहन पनि गरे । एमालेलाई हराउन चुनाव पनि लडे तर आफैं हारे ।

 

 एमाले प्रवेश गरेपछि चुनाव जितेका लेखी अहिले मन्त्री भएर मनलाग्दी गरिरहेका छन । उनले नेकपा एमालेको जनसंगठनलाई राम्रो देख्दैनन । प्रेस चौतारीको भूमिकालाई गौण बनाउने शपथ लिए झै उनले काम गरेका छन ।

 

प्रेस चौतारी नेपालले उनको कार्यशैलीको खरो आलोचना गरकै छ र त उनी सार्वजनीक कार्यक्रमहरुमा पनि मन्त्री पदको मर्यादा बिर्सिएर प्रेस चौतारी नेपाल बिरुद्ध पनि टिप्ण्णी गरिरहेका हुन्छन ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.