logo

संचारमन्त्री लेखीलाई पदीय मर्यादामा बसेर अभिब्यक्ति दिन पत्रकार महासंघ मधेशको सुझाव

 इसीमाना सम्वाददाता     २०८२ असार २२ गते ११: ३५ मा प्रकाशित     623   पटक पढिएको

वीरगंज । नेपाल पत्रकार महासंघ मधेश प्रदेशले मधेश सरकारका गृह, संचार तथा कानून मन्त्री राजकुमार लेखीका हालैका अभिब्यक्तिप्रति गम्भिर असहमती प्रकट गरेको छ ।

 

 

मन्त्री लेखीले हालै नेपाल पत्रकार महासंघका “केही पदाधिकारी” भन्दै  अपत्तीजनक अभिब्यक्ति दिएका थिए । महासंघको शनिवार जनकपुरस्थित कार्यालयमा बसेको बैठकले मन्त्री लेखीलाई मन्त्रीको मर्यादामा बसेर आफना अभिबयक्ति दिन भनेको छ ।

 

 

पदीय मर्यादामा बसेर जिम्मेवार जवाफदेहीपूर्ण अभिब्यक्ति नदिएका मन्त्रीलाई महासंघले गैर जिम्मेवार अभिब्यक्ति फिर्ता लिन समेत सुझाव दिएको छ । मन्त्री लेखीले पत्रकार महासंघ भित्र “फूटाउ र शासन गर” भन्ने षडयन्त्रकारी सिद्धान्त अनुरुप ब्यवहार गर्न खोजेको प्रति सचेत रहन पत्रकार नेताहरुले अपिल समेत गरेका छन । 

 


महासंघले प्रदेश सरकारले बजेट मार्फत रेडियो र टेलिभिजन संचालनकालागि बजेट बिनियोजन गरेकोमा समेत अपत्ती जनाएको छ । राज्य नियन्त्रित संचारमाध्यमको संचालनले सूचनाको निष्पक्षता हराउने छ,आलोचनात्मक पत्रकारिता समाप्त हुने छ,प्रचारमुखी शासनको सम्भावना बढ्छ ,वैकल्पिक आवाज दबिने सम्भावना हुन्छ  ,चुनावी पारदर्शितामा असर पर्छ  रसत्ता र सञ्चारबीचको अस्वस्थ सम्बन्ध झन बढेर जादा लोकतन्त्र कमजोर हुने भएकोले मधेश सरकारलाई संचार माध्य संचालनको मोह त्याग्न महासंघले भनेको छ ।

 

 महासंघले स्वतन्त्र संचार संस्थाहरुको प्रर्वद्धन र सम्वर्धनमा ध्यान दिन सरकारलाई आग्रह गरेको छ ।


महासंघले सदस्यता नविकरण गर्दा फौजदारी अभियोगमा दोषी ठहर भएका आफना सदस्यहरुको सदस्यता निलम्बन गर्न शाखाहरुलाई निर्देश गरेको छ ।

 

महासंघले  कार्यालय संचालनकालागि भौतीक पूर्वाधारमा सहयोग गर्र्ने भंगाह नगरपालिका र जनकपुर उपमहानगरपालिकालाई धन्यवाद ज्ञापन गरेको छ ।

 

नेपाल पत्रकार महासंघका  मधेश प्रदेश अध्यक्ष श्याम बन्जारको अध्यक्षतामा भएको बैठकमा नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल, केन्द्रीय लेखा समितिका संयोजक के.सी.लामिछाने , केन्द्रीय सदस्य राजेश कर्ण, राजु बिश्वकर्मा, सप्तरी महासंघका अध्यक्ष श्रवण देव सहित कार्यसमितिका पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो ।

 

No photo description available.

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.