logo

पूर्व राष्ट्रपती भण्डारीले सुविधा फिर्ता लिन गृहमन्त्रालयलाई लेखीन पत्र

 इसीमाना सम्बाददाता     २०८२ असार १८ गते ०५: ०० मा प्रकाशित     475   पटक पढिएको

काठमाडौं । विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको रूपमा सरकारबाट पाउने सेवा सुविधा फिर्ताका लागि गृह मन्त्रालयमा निवेदन दिएकी छिन्। 


एमालेको सदस्यता नवीकरण गर्दै प्रत्यक्ष राजनीतिमा जोडिएकी विद्यादेवी भण्डारले बुधवार आजकै मितिदेखि लागु हुने गरी गृह मन्त्रालयमा निवेदन दिएकी हुन्।

 

असार १४ मा ७४ औं मदन जयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले  एमालेको सदस्यता नवीकरण गरेर औपचारिक रूपमा पार्टीसँग जोडिएको घोषणा गरेकी थिइन्।

 

 पूर्व राष्ट्रपतिको हकमा मन्त्रिपरिषद्को निर्णयबाट घरबहालदेखि इन्धनसम्मको सुविधा दिने गरेको थियो।

 

भण्डारीले अहिले मासिक ५० हजार भत्ता पाउँदै आएकी छिन्। छोरीको घरमा बस्दै आएकी भण्डारीले आफ्नो लागि भनेर घरभाडा लिएकी छैनन् तर आफ्नो सुरक्षामा खटिने सुरक्षाकर्मी राख्न भनेर उनले मासिक एक लाख रुपैंया लिने गरेकी छिन्।


भण्डारी दुई कार्यकालका लागि राष्ट्रपति भएकी थिइन्। उनको दोस्रो कार्यकाल दुई वर्ष अगाडि सकिएको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.