logo

मितेरी पुलमा एसएसबीले फेरी पोस्ट बनायो,भारतीय भन्सारको छ असहमती

 इसीमाना सम्बाददाता     २०८२ असार १६ गते ०१: ०५ मा प्रकाशित     780   पटक पढिएको

वीरगञ्ज । नेपाल भारतको मैत्री समबनलाई सुधार गर्न कुटनीति पहलकदमीले लय समाति रहेको बेलामा भारतीय सीम सुरक्षाबलको एक पक्षीय निर्णयका कारण संशय पैदा भएको छ । 


 भारत–नेपाल सीमा रक्सौलस्थित मैत्री पुलमै  आइतवार साँझ भारतीय सशस्त्र सीमा  सुरक्षा बल (एसएसबी) ले एकाएक नयाँ पोस्ट निर्माण सुरु गरेपछि यस्तो संशय मात्र पैदा भएको छैन ।

 

 सीमाक्षेत्रमा पनि सुरक्षको बिषयलाई लिएर अन्यौलपूर्ण अवस्था सिर्जना भएको छ।

 

निर्माण स्थल भारततर्फको ल्यान्ड कस्टम कार्यालय अन्तर्गत पर्ने क्षेत्र भए पनि एसएसबीले सम्बन्धित निकायको पूर्वस्वीकृति विना निर्माण कार्य अघि बढाएपछि भारतीय पक्षमै विरोध सुरु भएको हो।

 

 

भारतीय कस्टम विभागले एसएसबीको उक्त कार्यलाई “अवैध”भन्दै तत्काल रोक्न निर्देशन दिएको छ।

भारतीय ल्यान्ड कस्टम आयुक्त मोहन कुमार मीणाले अन्य सुरक्षा निकायले अनुमति विना कस्टम परिसरमा कुनै स्थायी संरचना निर्माण गर्न नसक्ने स्पष्ट पारे।

 

 उनले उक्त विषयमा पूर्वी चम्पारण जिल्लाका प्रमुख प्रशासनिक अधिकारीहरूलाई जानकारी दिइसकेको जनाएका छन्। एसएसबी विरुद्ध हरैया थानामा औपचारिक उजुरी पनि दर्ता गरिएको छ।


घटनाको जानकारी पाउनेबित्तिकै नेपाल सशस्त्र प्रहरी बल (एपीएफ( पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी( लोकेन्द्र बहादुर सुब्बा स्थलमा पुगेका थिए।

 

उनले सो क्षेत्रलाई ‘नो म्यान्स ल्यान्ड’ भन्दै एसएसबीले गरेको निर्माणलाई अन्तर्राष्ट्रिय सीमाको उल्लंघन गरिएको बताए । “यस्तो एकतर्फी कदमले दुई देशबीचको सद्भावमा गम्भीर असर पर्न सक्छ,” सुब्बाले चेतावनी दिए।


एसएसबीको ४७औं बटालियनका सहायक कमाण्डेन्ट दिव्यांशु चौहानले भने, “सीमाको सुरक्षालाई दृष्टिगत गर्दै १५ किलोमिटर क्षेत्रभित्र अस्थायी पोस्ट निर्माण गरिएको बताए ।

 

” उनले यो कदम सुरक्षा व्यवस्थाको नियमित प्रक्रिया भएको दाबी गरे।

यस अघिपनि  भारतीय सीमा सुरक्षा बलले गएको १० मार्च २०२४ मा  सोही स्थानमा बनाएको अस्थायी पोस्ट सुीमा सुरक्षा बलका तत्कालीन महानिरीक्षक पंकज दरारको निर्देशनमा हटाइएको थियो। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.