logo

मधेशमा सरकारको नेतृत्व गर्ने दल नै बजेटबाट छैन सन्तुष्ट, सहयात्री दललाई लगायो गम्भिर आरोप

 इसीमाना सम्वाददाता     २०८२ असार १२ गते ०६: ५५ मा प्रकाशित     1179   पटक पढिएको

जनकपुरधाम ।सरकारलाई नेतृत्व प्रदान गरिरहेको जनमत पार्टीले मधेश सरकारको बजेटका बिषयमा आफनो गम्भिर असहमती जाहेर गरेको छ । 

 मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटलाई लिएर सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले गम्भीर असन्तुष्टि जनाएको हो।

बिहीबार बसेको जनमत पार्टी संसदीय दलको बैठकले बजेटमा आफ्ना सिफारिस गरिएका योजनाहरू कटौती गरिएको भन्दै तीन महत्त्वपूर्ण निर्णय गरेको छ।

संसदीय दलका नेता महेशप्रसाद यादवले सरकारले सार्वजनिक गरेको वार्षिक कार्यक्रम पुस्तिका (रेडबुक)मा जनमत पार्टीका मन्त्री तथा नेताहरूले प्रस्ताव गरेका महत्त्वपूर्ण योजनाहरू समावेश नगरिएकोमा बैठकले कडा आपत्ति जनाएको बताए। उनले यो  विषयलाई पार्टी केन्द्रीय नेतृत्व समक्ष लैजाने निर्णय भएको बताए।

 

जनमत पार्टीले बजेटमा व्यापक फेरबदल भएको आरोप लगाउँदै त्यसको प्रत्यक्ष जिम्मेवारी सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेलाई दिएको छ।

 

‘हाम्रो सिफारिसका योजना हटाइएका छन्, बजेटको प्राथमिकता हाम्रो सरोकार विपरीत छ,’ यादवले स्पष्ट पारे। यसले गठबन्धनभित्रै बजेट विनियोजनलाई लिएर ठूलो खटपट सुरु भएको संकेत दिएको छ।

 

संसदीय दलको बैठकले प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको विषयमा पनि कडा आपत्ति जनाएको छ। यस सम्बन्धमा प्रदेशसभा सचिवालयलाई औपचारिक पत्र पठाउने निर्णय गरिएको छ।

 

यसका साथै, बजेटलाई जनमत पार्टीका प्राथमिकताअनुसार संशोधन गर्नुपर्ने प्रमुख माग पनि बैठकले अगाडि सारेको छ।

मधेश प्रदेश सरकारको नेतृत्व जनमत पार्टीका सतीशकुमार सिंहले गरे पनि अर्थ मन्त्रालय नेपाली कांग्रेसका सुनीलकुमार यादवको हातमा छ। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.