logo

पार्टीको वैचारिक बहस, आन्दोलन र नीति निर्माणमा चासो देखाउन एमाले महासचिव पोख्रेलको आग्रह

 इसीमाना सम्वाददाता     २०८२ असार १२ गते ०५: ४८ मा प्रकाशित     1123   पटक पढिएको

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको समृद्धि, राष्ट्रिय स्वाधीनता र युवाको भविष्यकालागि एमालेले विगतका कुनै पनि शासकले कल्पनासमेत नगरेको काम गरेर देखाएको दाबी गरेका छन। 

 


बिहीबार नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेले देश बनाउन सक्छ भन्ने सन्देश दिएको बताए ।

 

उनले भने  ‘देश बनाउन सक्छ एमालेले भन्ने सन्देश हामीले पुष्टि गरेका छौँ, एमाले कुरा मात्र होइन, कामद्वारा आफूलाई प्रमाणित गर्दछ, विगतका शासकको दिमागमा नचढ्ने काम हामीले गर्न सफल भएका छौँ ।’ 

 


एमालेको नेतृत्वमा रहेको सरकारद्वारा ग्यास, फलामजस्ता खानीको पहिचान, पूर्वाधार निर्माणको थालनी र दिगो आर्थिक रूपान्तरणको खाका कोरेर नयाँ युगको सुरुआत गरेको उनले दाबी गरे । यी विषय विगतका शासकले कल्पना पनि नगरेका विषय भएको उको भनाईछ  । 


महासचिव पोखरेलले विशेष रूपमा नेपाली युवा विदेश पलायनको बढ्दो दरप्रति चिन्ता व्यक्त गरे । नेपाली युवाहरू केवल बाध्यताले मात्र नभई परम्परागत ‘लाहुरे संस्कृति’को प्रभावले पनि विदेश जाने गरेका उनले बताए छ ।   


उनले समस्याको समाधान केवल नारा र भावना होइन, राज्य, राजनीति र समाजसँग नयाँ पुस्तालाई अर्थपूर्ण ढङ्गले जोड्न सकिएको खण्डमा मात्र सम्भव हुने स्पष्ट पारे ।

 

त्यसैले अहिलेको सरकारको बजेट तथा कार्यक्रममा यो कुरामा ध्यान दिइएको उनले बताए । ‘सरकारको नीति, कार्यक्रम र बजेटले नयाँ पुस्तालाई नेपालमै अवसर दिने, स्वरोजगार र उत्पादनसँग जोड्ने दिशामा अघि बढेको छ’, उनले भने  । 


बजेटले रोजगारी सिर्जना, स्टार्टअप प्रवर्द्धन, कृषिको आधुनिकीकरण, उद्यमशीलता र पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको उहाँको दाबी छ। ‘यो कार्यक्रमले युवालाई देशभित्रै राख्ने प्रयास गरेको छ’, पोखरेलले भने । 

 

पोखरेलले नेकपा एमालेलाई आधुनिक राष्ट्र निर्माणको पर्यायका रूपमा चित्रण गर्दै विगतमा एमाले नेतृत्वमा भएका सरकारहरूकै पालामा राष्ट्रिय पहिचान, स्वाधीनता, उत्पादनशीलता र आधुनिक पूर्वाधार विकासका अभियान चलेको स्मरण गराए । 


उहाँले वर्तमान राजनीतिमा एमालेमाथि हुने प्रहार र आलोचना एमालेको शक्ति र स्थायित्वको कारणले भएको पनि उल्लेख गरे । 


पार्टीभित्रको अनुशासन र कार्यकर्ताहरूको भूमिकाबारे पनि पोखरेलले  आलोचनात्मक धारणा राखे । उनले भोज भतेर, जन्मदिन र सवारीको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्ने तर पार्टीको वैचारिक बहस, आन्दोलन र नीति निर्माणमा चासो नदेखाउने प्रवृत्तिको बढेको बताए  । 


पार्टीभित्र नेतृत्वबारे भइरहेका चर्चामा पोखरेलले असन्तुष्टि व्यक्त गर्दै अहिले नेतृत्वको बहस गर्ने बेला नभएको बताए  । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगन्जको सौन्दर्यकरण जोगाउन इन्टरनेट र केवुलका अब्यवस्थित तार ब्यवस्थित गरिदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी आज बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.