logo

अराजकताको मार्गमा बेलगाम लेखी, कानूनमन्त्री हुन तर गर्छन गैरकानूनी काम

 इसीमाना सम्वाददाता     २०८२ असार ११ गते ०७: ४७ मा प्रकाशित     788   पटक पढिएको

वीरगंज  । मधेस प्रदेशका सञ्चार तथा गृहमन्त्री राजकुमार लेखीका मधेश प्रदेशकै सरकार बिवादीत र आलोचीत बन्दै छ ।

 

 लेखीले मिडिया काउन्सिलको कार्यकवाहक अध्यक्ष तोकेर गैर कानूनी काम गरेपछी मधेश प्रदेश सरकारनै बिवादमा परेको हो । 


लेखीले मिडिया काउन्सिलका सदस्य सुरेश यादवलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन । तर  प्रदेश  संचार सम्बन्धी ऐनमा मिडिया काउन्सिलमा कार्यवाहक अध्यक्षको परिकल्पना नै गरिएको छैन ।

 

ऐनको दफा ९ मा आम संचार प्राधिकरणको अध्यक्ष पद कुनै कारणले खाली भएमा अर्को ब्यवस्था नभए सम्मकालागि मनत्रालयले कार्यवाहक अध्यक्ष तोक्न सक्ने प्रवन्ध रहेको छ । तर मिडिया काउन्सिलको बिषयमा ऐनमा केही बोलिएको छैन ।

 

मधेश सरकारको गृह संचार तथा कानून मन्त्रालयका प्रवक्ता गणेश नायकले समेत मिडिया काउन्सिलमा ऐनले कार्यवाहक अध्यक्षको ब्यवस्था नगरेको स्वीकार गरे । उनले भने मन्त्रीजीले दिनु भयो तर एनमा भने ब्यवस्था छैन ।

 

ऐनमा अनेकौ समस्या रहेका छन त्यसलाई संशोधन परिमार्जन गरे सच्याउने दिशामा मन्त्रीको ध्यान गएको देखिदैन तर कानूनमै नभएको ब्यवस्था लागू गरेर उनले मधेश सरकारलाई आलोचना गर्नु पर्ने अवस्था सृजना गरेका छन । 

May be an image of 4 people, dais and text


लेखी नेकपा एमालेका केन्द्रीय सदस्य पनि हुन । उनको कार्यसम्पादन देखेर पार्टी र प्रेस चौतारी नेपालले गम्भिर आलोचना गरेका छन । कतिपय बिषय त सार्वजनीक समेत भएका छन ।

 

पार्टीको निर्देशन बेगर अराजकरुपमा हिडेका लेखीको कदम सरकार संचालनमा पनि सबै मान्य मूल्य र मान्यताको खिलाफमा छन ।

 

कानूनको शासन लागू गर्ने जिम्मेवारी बोकेको मनत्रालयको मन्त्रीको काम नै गैरकानूनी भएपछि यो सरकारले सुशासन ,बिकास, पारदर्शीताका पक्षमा गरेको प्रतिवद्धता केवल हात्तीको देखाउने दाँत भएका छन । 

उनी नेकपा एमालेबाट मधेश प्रदेशको गृह तथा सञ्चारमन्त्री भएका हुन् कि अन्य पार्टीबाट भएका हुन् भनेर एमाले निकटका पत्रकारहरु नै यतिबेला दोधारमा परेका छन् ।

 

उनले पछिल्लो समय मिडिया काउन्सिलमा चारजनालाई नियुक्ति दिएका थिए ।


उनले मिडिया काउन्सिलमा नियुक्त गरेका चारै जना एमाले निकट नरहेको प्रेस चौतारी मधेश प्रदेशका जिम्मेवार व्यक्तिले नै बताउन थालेका छन् ।

 

 मन्त्री लेखीले मिडिया काउन्सिल मधेश प्रदेशको सदस्यमा नियुक्त गरेको एकजना महिलाले प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यलाई नै दुर्व्यवहार गरेपछि यो विषयले झनै चर्चा पाएको छ ।

मिडिया काउन्सिलमा नियुक्त सदस्यले समाचारको बिषयमा पत्रकारलाई  दुर्व्यवहार  गरेको बिषयमा मुलुकको प्रमुख संगठन प्रेस चौतारी नेपालले बिज्ञप्ति जारी गरेर झालाई कारवाही गर्न माँग गरेको छ ।

 

काउन्सिल सदस्य झाले आफनो पदीय मर्यादा अनुरुपको आचारण नगरेको भन्दै चौतारीले कारवाही माँग गरेको हो । झाले प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य समेत रहेका बख्तियार अलिलाई समाचार डिलिट गर्न भन्दै दुर्व्यवहार गरेको आरोप लागेको छ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.