logo

विकास र पुनर्निर्माणको विकल्प रास्वपा मात्रः सभापति पन्त

 इसीमाना सम्वाददाता     २०८२ जेठ ३१ गते ०५: ४० मा प्रकाशित     1282   पटक पढिएको

बहुदरमाई  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति हरि पन्तले देश समृद्धिको दिशामा अगाडि बढ्नका लागि नेपालवाद आवश्यक रहेको बताए ।

 

उनले बहुदरमाई नगरपालिका–३, नगरदहामा आयोजित प्रथम वडा भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।

उनले अब आयातित वादहरू होइन, नेपालको माटो र समाज सुहाउँदो ‘नेपालबाद’ आवश्यक रहेकोमा जोड दिएका छन ।

 

सभापति पन्तले मार्क्सवाद, लेनिनवाद र माओवाद जस्ता विदेशी विचारधाराहरू नेपालमा अब अप्रासंगिक भइसकेको उल्लेख गरे। उनले भने, मार्क्स, लेनिन र माओले आ–आफ्नो देशको विशिष्ट परिस्थिति अनुसार विचार प्रतिपादन गरेका थिए, तर ती विचारहरू जस्ताको त्यस्तै नेपालमा लागू गर्दा देशमा सकारात्मक परिवर्तन आउँदैन।

 

उनले थपे, “हाम्रो देशको माटो, समाज र संस्कृतिलाई केन्द्रमा राखेर अब ‘नेपालबाद’ को आवश्यकता छ, जुन विचारले मात्र देशलाई वास्तविक समृद्धिको दिशामा लैजान सक्छ।”

 

पन्तले मलेसियाका महाथिर मोहम्मद, भियतनामका हो चि मिन्ह र सिंगापुरका लि क्वान यु जस्ता नेताले आ–आफ्नो देशलाई केही दशकमा नै समृद्ध बनाएको उदाहरण दिँदै भने, “नेपालमा भने कांग्रेस, एमाले, माओवादी र मधेसवादी दलहरूले मिलेर सुन जस्तो देशलाई दोहन गरेर खरानी बनाएको बताए । अब देशको विकास र पुनर्निर्माणको विकल्प रास्वपा मात्र भएको उनको भनाई छ ।

 

भेलाले राजकिशोर साहको सभापतित्वमा ११ सदस्यीय वडा समिति गठन गरेको छ। नवगठित समितिको उपसभापतिमा राजु यादव सचिवमा शत्रुघ्न यादव   र सदस्यहरूमा राजकुमार गुप्ता, बानारसी साह, इम्तियाज आलम, सागर यादव, ललिला देवी, सङीता देवी, सितापती देवी, सफिना खातुन र कुश्मा देवी पासवान चयन भएका छन्।

 

कार्यक्रम रास्वपा बहुदरमाई नगर सभापति चन्दन यादवको सभापतित्व भएको थियो। भेलालाई पार्टीका केन्द्रिय सदस्यहरू डा.नन्दन यादव, दिलीप कुर्मी, सुदीश प्रजापति लगायतले सम्बोधन गरेका थिए भने कार्यक्रमको सहजीकरण प्रमोद रायमाझीले गरेका थिए।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगन्जको सौन्दर्यकरण जोगाउन इन्टरनेट र केवुलका अब्यवस्थित तार ब्यवस्थित गरिदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी आज बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.