logo

नेपाली कांग्रेसका समानुपातिक साँसद राईलाई अनुसन्धान गर्न प्रहरीले पायो पाँच दिनको म्याद

 इसीमाना सम्वाददाता     २०८२ बैशाख १९ गते ०५: ४४ मा प्रकाशित     213   पटक पढिएको

काठमाण्डौ। स्वर्णलक्ष्मी सहकारीको बचत ठगी प्रकरणमा पक्राउ परेकी सांसद माया राईमाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको छ।

 

शुक्रबार जिल्ला अदालत काठमाडौंले सांसद राईमाथि अनुसन्धानका लागि पाँच दिनको म्याद प्रदान गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

 

यसअघि उनलाई जिल्ला अदालतले तीन दिनको म्याद दिएको थियो। उक्त म्याद सकेर प्रहरीले शुक्रबार उनलाई अदालतमा उपस्थित गराएको थियो। 

 

नेपाली कांग्रेसकी समानुपातिक सांसद राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैशाख १३ गते बूढानीलकण्ठबाट पक्राउ गरेको थियो।

 

उनीमाथि संगठित अपराध एवं सहकारी ठगीमा पूरक अनुसन्धान अघि बढेको हो।

 

कालिमाटीको स्वर्णलक्ष्मी सहकारीमा राई सहसचिव थिइन्। उनी उक्त सहकारीमा २०७४ मंसिर ४ गतेदेखि २०७६ भदौ २१ गतेसम्म सहसचिव थिइन्।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

होटल तथा  पर्यटन ब्यबसायीलाई करको दायरामा आउन महानगर प्रमुखको अपिल

वीरगंज ।  वीरगंज महानगरका प्रमुखले महानगरमा संचालित सम्पुर्ण होटल तथा पर्यटन ब्यबसायीहलाइ करको दायरामा आउन आग्रह गरेका छन ।

मानव बेचबिखन आरोपमा धादिङको गल्छीका भूजेल पक्राउ

वीरगंज ।    मानव बेचबिखन तथा ओसार पसार कार्यमा सलंग्न रहेको आरोपमा पर्सा प्रहरीले २४ वर्षिय राजन भूजेललाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.