logo

जसपा नेपालको कार्यालय उद्घाटन पार्टी निर्माणको गति बढाउन कार्यकर्तालाई महासचिव राउतको निर्देशन

 इसीमाना सम्बाददाता     २०८२ बैशाख १७ गते ०५: १६ मा प्रकाशित     910   पटक पढिएको

वीरगन्ज ।जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्साको नयाँ पार्टी कार्यालयको उद्घाटन गरिएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ८ स्थित पानीटंकीमा नयाँ पार्टी कार्यलयको उद्घाटन पार्टीका महासचिव लालबाबु राउतले उद्घाटन गरेका हुन  ।

 

 नयाँ कार्यालयमा प्रथम जिल्ला अधिबेशनबाट निर्वाचित जिल्ला कार्य समिति र वीरगन्ज महानगर समितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूको सपथ ग्रहण पनि गरिएको छ ।

 

 अधिबेशनबाट निर्वाचित जिल्ला समिति पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवलगायत पदाधिकारी तथा सदस्यहरु तथा वीरगन्ज महानगर समितिका अध्यक्ष घनश्याम बाबू गुप्ता लगायत सम्पूर्ण पदाधिकारी एवं सदस्यहरुले शपथ लिएका छन् ।

May be an image of 10 people, dais and text

कार्यक्रममा जसपा नेपालका केन्द्रीय महासचिव एवं मधेश प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउतले पार्टीलाइ अझ बढी सशक्त बनाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

 

 उनले पार्टी निर्माणको प्रक्रियामा थप गतीशिल हुन कार्याकर्तालाई अपिल गरे । उनले इमान्दारीका साथ पार्टीको संगठन निर्माणमा लाग्न आग्रह गरे ।

 

पार्टीको विचार र सिद्धान्तलाई जनताको घर–घरमा पुर्याउन सके पार्टी २०६४ को अवस्थामा आउने महासचिव राउतले बताए ।

कार्यक्रममा नेताहरु सुरेन्द्र कुर्मी सिंगासन साह कलवार ,फिरोज मन्सुर,अजय चौरसिया, ,करिमा बेगम र रेखा साह लगायतको सहभागिता रहेको महानगर समितिका अध्यक्ष घनश्याम बाबू गुप्ताले जानकारी दिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.