logo

फेडेरेसनको महाधिवेशनको मिति तय ,रिटर्नीहरुको राजनीतिक, सामाजिक र आर्थिकका कामलाई गती दिइने

 इसीमाना सम्वाददाता     २०८१ पौष २० गते ०६: ४७ मा प्रकाशित     422   पटक पढिएको

काठमाण्डौं । रिटर्नी फेडेरेसनले आफ्नो दोश्रो राष्ट्रिय महाधिवेशन चैत्र १५ र १६ गते हुने भएको छ ।


पौष १९ गते वसेको फेडेरेसनको केन्द्रीय सचिवालयको २९औं बैठकले महाधिवेशनको मिति तय गरेको हो  ।

 अध्यक्ष उत्तम अधिकारीको अध्यक्षतामा सातवटै प्रदेश कमिटीका अध्यक्षहरु र सबै आयोग अध्यक्षहरुको समेत सहभागिता रहेको वैठकले चैत्र १५ र १६ मा दोश्रो राष्ट्रिय महाधिवेशन आयोजना गर्ने अध्यक्ष अधिकारीको प्रस्तावलाई सर्वसम्मतीले पारित गरेको हो ।

यस अघि २०७९ चैत्र ११ र १२ मा फेडेरेसनको प्रथम महाधिवेशन काठमाण्डौमा सम्पन्न भएको थियो । फेडेरेसनको विधानले प्रत्येक २ बर्षमा महाधिवेशन आयोजना हुने व्यवस्था गरेको छ ।
 
बैठक नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा फेडेरेसनका ईन्चार्ज डा. कृष्ण बहादुर के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । बैठकलाई सम्बोधन गर्दै  के.सी.ले फेडेरेसनका  सबै कमिटीको अधिवेशन समयमै सम्पन्न गर्न जिम्मेवारी भित्र रहेका सबैले संबेदनशिल भएर बाँकी रहेको समयमा भरपुर योगदान गर्नुपर्नेमा जोड दिए ।


बैठकले विधान संसोधन प्रस्ताव उपसमितिको संयोजकमा अनुशासन आयोगका अध्यक्ष समेत रहेका दिलकिरण खजुम र महाधिवेशन निर्देशिका निर्माण उपसमितिको संयोजकमा कार्यवाहक महासचिव भरत शिवाकोटीलाई  जिम्मेवारी तोकेको छ ।

बैठकमा अध्यक्ष अधिकारीले संगठनले अघि सारेको उद्यमशीलता सहितको राजनीतिको मूलबाटो कार्यान्वयनको लागि स्थापना दिवसको सन्दर्भ पारेर पौष १५ गते बिशेष समारोहका विच घोषणा गरिएको सहयोगी ईन्भेष्टमेन्ट कम्पनी लिमिटेडका अध्यक्ष घनस्याम पाण्डेको नेतृत्वमा रहेको ९ सदस्यिय संचालक समितिलाई शुभकामना प्रदान गरेको छ ।

 

 रिटर्नीहरुको राजनीतिक, सामाजिक र आर्थिक समायोजनका तीनवटै क्षेत्रका कामलाई गति दिने समेत बैठकले निर्णय गरेको छ  ।

 

उनले  रिटर्नी फेडेरेसन, रिटर्नी नेटवर्क र सहयोगी ईन्भेष्टमेन्ट कम्पनी लि. समग्र रिटर्नी अभियानको ओदानका तीनवटा खुट्टाको रुपमा लिएर अघि बढ्नु आजको आवस्यकता, जिम्मेवारी र न्यूनतम साँगठनिक दायित्व ठहर्ने हुदा यसैको आधारमा तीनवटा निकायवीचको अन्तरसम्बन्ध स्थापित गर्दै संगठनमा आवद्ध सबै सदस्यहरु तीनवटै अभियानमा अनिवार्य जोडिएर अघि बढ्न निर्देशन दिए ।


बैठकले केहि आयोगमा रिक्त रहेको पदपूर्ति गर्नुका साथै सदस्यता विस्तारसंग जोडिएका संगठनका सबै विषयलाई माघ १५ सम्मको लागि निरन्तरता दिने निर्णय समेत गरेको छ । यतिवेला फेडेरेसनको स्थानिय तह कमिटी र जिल्ला कमिटीका अधिवेशन धमाधम आयोजना भैरहेका छन् ।

 

 फेडेरेसनले एक महिना महाधिवेशन तयारीका लागि समय व्यवस्थापन गर्दै त्यस अघि जिल्ला र प्रदेश कमिटीका सबै अधिवेशन सम्पन्न गरिसक्ने योजना अघि सारेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.