logo

मधेशी जनताको शोषण र उत्पीडन बिरुद्धको लडाई जसपाको अभियान होः अध्यक्ष यादव

 इसीमाना सम्वाददाता     २०८० कार्तिक २३ गते ०८: ४९ मा प्रकाशित     1057   पटक पढिएको

बीरगंज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्बिधान निर्माण भएको लामो समय भईसक्दा पनि सम्बिधान कार्यान्वयनकालागि नियम कानूनहरु नवनाइएको भन्दै असन्तुष्टि जनाएका छन ।

May be an image of one or more people, crowd and temple


बिहिवार यादव पर्साको छिपहरमाईमा पार्टीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थिए ।


उनले बीरगंज चीनी काराखना कृषि औजार कारखना लगायतका उधोग धन्दा ठुला पार्टीको शासनकालमा बन्द गराइएको चर्चा गर्दै ति उधोगहरु संचालनमा उनहरु उदासिन रहेको बताए ।

May be an image of 5 people, temple and dais
अध्यक्ष यादवले मधेशी जनता अहिले पनि शोषण र उत्पीडनमा रहेको त्यसको बिरुद्धको लडाई जनता समाजवादी पार्टीको अभियान रहेको बताए।
उनले कार्यक्रममा नेपाली कांग्रेस र नेकपा एमाले परित्याग गरि जनता समाजावादी पार्टीमा प्रवेश गरेको ५ सय जनालाई अविर मालाल लगाएर पार्टीमा स्वागत गरे ।

 

बिरेन्द्र महतो केवट, सम्सुल मिया तेलि, मुस्लिम अन्सारी, अनिल कुमार साह तेलि, ब्रहमदेव महतो कोइरारिको नेतृत्वमा नेपाली काङ्ग्रेस, नेकपा एमाले परित्याग गरि जसपा प्रवेश गरेका हुन ।जनता समाजवादी पार्टी नेपालको छिपहरमाई गाउपालिका समितिले कार्यक्रमको अयोजना गरेका हो ।


कार्यक्रममा मधेस प्रदेशका पुर्ब मुख्यमन्त्री लाल बाबू राउत, मधेश प्रदेशको उर्जा तथा खानेपानी मन्त्री सिङ्गासन साह कलवार,केन्द्रीय राजनीति समिति सदस्यहरु आत्माराम साह, बालकिसोर यादव, सुरेन्द्र प्रसाद कुर्मी, केन्द्रिय सद्स्य फिरोज मन्सुर, सलमा खातून, रेखा साह, मधेस प्रदेश उपाध्यक्ष सुशील कुमार यादव, बृजमोहन तिवारी, सदस्य एवम् धोबिनी गापा प्रमुख मदन चौहान, महाराज यादव, प्रकाश बैठा, जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव, उपाध्यक्ष नागेन्द्र यादव, कोषाध्यक्ष शर्मिला बिष्ट, कार्यपालिका सदस्य हिमान्चल कुश्वाहा, श्यामबाबू चौरसिया, नगर अध्यक्ष, कालिकामाइ गापा समिति अध्यक्ष दिनेस साह, कलवार, निरन्जन पटेल, क्षेत्रीय अध्यक्ष घनश्यामबाबू गुप्ता, सखुवाप्रसौनी गापा समिति अध्यक्ष प्रदीप जयसवाल, कालिमाइ गापा प्रमुख बशिष्ट गुप्ता, युवनेता सन्तोष सर्राफ, असलम अन्सारी लगायतको उपस्तिथि रहेकोे थियो ।

कार्यक्रम पालिका अध्यक्ष इन्द्रासन सा कलवारको अध्यक्षतामा सप्पन्न भएको पार्टीका जिल्ला सचिव तवरेज अहमदले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.