logo

महासंघको सुद्धिकरण अभियान कारगर बन्दै, नवलपरासीमा १६ जनाद्वारा स्वेचिछक त्याग, गुल्मी शाखामा अव २६ जना मात्रै

 इसीमाना सम्वाददाता     २०८० जेठ ७ गते ०२: १० मा प्रकाशित     336   पटक पढिएको

वीरगंज । नेपाल पत्रकार महासंघ नवलपरासीले स्वेच्छिक रूपमा महासंघको सदस्यता त्याग गर्ने सदस्यहरूलाई सम्मानसहित बिदाई गरेको छ।

पत्रकार महासंघमा पत्रकारभन्दा गैरपत्रकारहरूको संख्या बढ्दै गएको र नेतृत्वमा उनीहरू नै हावी हुने गरेको गुनासो बढिरहेका बेला नेपाल पत्रकार महासंघले सदस्यता शुद्धिकरण अभियान सुरू गरेको थियो।

महासंघको सोही अभियान अन्तर्गत नवलपरासी शाखाबाट सदस्यता लिएका तर हाल पत्रकारिता पेसामा नरहेका सदस्यहरूलाई स्वेच्छिक रुपमा सदस्यता त्याग गर्न आग्रह गरिएको थियो। नवलपरासी शाखाबाट सदस्यता लिएका १७ जनाले स्वेच्छिक रूपमा सदस्यता त्यागेको घोषणा गरेका थिए।

सदस्यता त्याग गरेका तिनै सदस्यहरूलाई महासंघले सम्मानसहित विदाई गरेको शाखा अध्यक्ष हरि शर्माले जानकारी दिए।

अध्यक्ष शर्माले महासंघको सदस्यता शुद्धिकरण अभियान अन्तरगत हाल पत्रकारिता क्षेत्रमा क्रियाशिल नभएका र अन्य पेसालाई मूल पेसा बनाएका १५ जनाले लिखित निवेदन दिएर स्वघोषणा गरेको र अन्य २ जनाले मौखिक रूपमा स्वघोषणा गरेको जानकारी दिए।

सदस्यता त्याग गर्नेहरूलाई सम्मानसहित बिदाई गर्दै महासंघका महासचिव एवं सदस्यता शुद्धिकरण अभियानका संयोजक रोशन पुरीले महासंघलाई व्यवसायिक पत्रकारहरूको मात्र संगठन बनाउन अभियान सञ्चालन गरिएको बताए।

May be an image of 5 people, barong and text

उनले मुल पेसा पत्रकारिता नभएकाहरू पनि सदस्य भइराख्दा संस्थाको गरिमामाथि नै प्रश्न उठिरहेका बेला सदस्यता त्यागको स्वघोषणा गर्नेहरूको अभियानले पत्रकारिता क्षेत्रलाई थप विश्वसनिय बनाउन सघाउ पुग्ने बताए।


जिल्ला शाखाहरू मार्फत सञ्चालन भइरहेको यो अभियानमा धेरै सदस्यहरूले स्वेच्छिक रूपमा सदस्यता त्याग गरेर सहयोग गरिरहेको उनको भनाइ छ।

महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव विक्रम खड्काले लुम्बिनी प्रदेशबाट ५० प्रतिशतभन्दा बढी सदस्यहरू शुद्धीकरणको मापदण्डमा नपर्ने र उनीहरूको सदस्यता नवीकरण नहुने बताए।

जिल्ला शाखा नवलपरासीका सचिव राजकुमार रेश्मीका अनुसार शाखामा ८६ जना सदस्यहरू आवद्ध रहेकोमा शुद्धिकरण मापदण्डभित्र ४० जनाको मात्र नविकरण हुने अवस्था रहेको बताए।


महासंघले जारी गरेको सदस्यता शुद्धीकरण मापदण्ड निर्देशिकामा जनप्रतिनिधि, निजामती तथा अन्य जुनसुकै सरकारी निकायको स्थायी, अस्थायी, करार सेवामा कार्यरत (मिडियासँग सम्बन्धित सरकारी र संस्थानबाहेक) तथा गैरसरकारी संस्था (सहकारी, बैंक, फाइनान्सलगायत अन्य संघ संस्था) मा पूर्णकालीन काम गर्नेको सदस्यता नवीकरण नहुने र नयाँ सदस्यता पनि प्राप्ति नहुने उल्लेख छ।

May be an image of 5 people, people standing, barong and text

त्यसैगरी मापदण्डमा महासंघको सदस्यता लिएका तर कहिलेकाहिँ मात्र पत्रकारिता गर्नेको समेत सदस्यता नवीकरण नहुने उल्लेख छ।

यसैवीच नेपाल पत्रकार महासंघ गुल्मी शाखाले सदस्यता शुद्धीकरण अन्तिम चरणमा पुर्‍याएको छ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको १० औं साधारण सभामा केन्द्रीय अभियानलाई सार्थकता दिन भन्दै पूर्वअध्यक्ष जनार्दन घिमिरे संयोजक रहने गरि निवर्तमान अध्यक्ष नवराज भुसाल र कार्यसमिति सहसचिव तिलाचन पाण्डे सदस्य रहने गरि कार्यदल गठन गरिएको थियो ।

पत्रकारितामा योगदान गर्ने सदस्यहरुलाई मानार्थसहित सम्मान र पत्रकारिता नगर्नेलाई ससम्मान बिदाइ गरिनेछ ।हाल ८५ जना सदस्य रहेको गुल्मी शाखामा कार्यदलले क्रियाशील पत्रकारको सदस्यता मात्र कायम राख्ने निर्णयसहितको सिफारिस प्रतिवेदन कार्यदलले तयार गरेको छ । जस अनुसार गुल्मी शाखामा मात्र २६ जना सदस्य रहनेछन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

महिलालाई अनैतिक काममा लगाई आम्दानी खादै आएका साह पक्राउ

वीरगंज । मानव बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं १२ का २९ वर्षिय पवन साहलाई पक्राउ गरेको छ ।

जनमत पार्टीमा चौधरी र डा.राउतलाई राष्ट्रिय उपाध्यक्षको जिम्मेवारी दिइयो

जनकपुर । जनमत पार्टीको राष्ट्रिय उपाध्यक्षमा दुइजना मनोनित भएका छन् । यही ८ असारमा पार्टीको स्थायी समिति बैठकको निर्णयअनुसार राष्ट्रिय उपाध्यक्षमा दुइजनालाइ मनोनित गरिएको जनमत सचिवालयले जनाएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.