logo

स्थानीय सरकार पूर्वाग्रही भएको भन्दै शिक्षक महासंघद्वारा चरणबद्ध आन्दोलनको घोषणा

 इसीमाना सम्वाददाता     २०८० जेठ ६ गते ०९: १८ मा प्रकाशित     614   पटक पढिएको

वीरगञ्ज । शिक्षक सरुवाका बिरुद्ध शिक्षक महासंघ आन्दोलीत भएको छ । स्थानीय सरकारहरुले गरेको शिक्षक सरुवा पूर्वग्रह, दूराग्रहपूर्ण भएको भन्दै महासंघ चरणबद्ध आन्दोलनमा उत्रेको हो ।

 

स्थानीय सरकारले राजनैतिक आस्था र व्यक्तिगत कुण्ठाको आधारमा भेदभाव गरेको भन्दै त्यसका विरुद्ध आन्दोलनको घोषणा गरेको हो ।


महासंघले शनिवार नेपाल पत्रकार महसंघको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरेर चारबुँदे संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक कार्यक्रम अनुसार जेठ ७ गते आईतबार जिल्लाका सम्पूर्ण विद्यालयहरुमा कार्यरत प्रधानाध्यापक, शिक्षक र कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर विरोध जनाउने, जेठ ८ र ९ गते वीरगन्ज महानगरपालिका कार्यालय अगाडि दिउँसो १ बजेदेखि बेलुकी पाँचबजेसम्म धर्ना बस्ने कार्यक्रम सार्वजनिक गरेको छ ।


जेठ ९ गते पनि शिक्षक महासंघले राखेको माग सम्बोधन नभए धर्नास्थलबाट संघर्षका कडा भन्दा कडा आन्दोलनको घोषणा गर्ने चेतावनी महासंघले दिएको छ ।

 

शिक्षा ऐन, संसोधन सहित २०२८ तथा शिक्षा नियमावली (संसोधन सहित) २०५९ कायम नै रहेको अवस्थामा अस्थायी शिक्षक नियुक्त गर्दा नियुक्ति प्रकृयाको सम्बन्धमा नियमावलीको नियम ९६ (क( र ९७ मा स्पष्ट व्यावस्था भएको र शिक्षक सरुवा गर्ने अधिकार शिक्षा नियमावलीको नियम ९९ बमोजिम जिल्ला शिक्षा अधिकारी अर्थात हालको शिक्षा विकास तथा समन्वय इकाई प्रमुखले गर्ने व्यावस्था रहेको र स्थानीय तहले अधिकार नै नभएको क्षेत्रमा हैकमवादी प्रवृत्तिले प्रधानाध्यापकहरको सरुवा, घटुवा, शिक्षक नियुक्ति लगायतका गतिविधि गरेकोले त्यसको विरुद्ध आन्दोलनमा जानुपरेको शिक्षक महासंघका पर्सा अध्यक्ष तीर्थराज यादवले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

बीरगंजका डेरि उद्योग र विभिन्न मिठाई पसलमा अनुगमन,डेरी उत्पादनमा सोडा पाइएपछि नष्ट गरियो

वीरगंज । खाद्य प्रबिधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय जनकपुरबाट आएको “मोबाइल ल्याब भ्यान ” र जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको संयोजकत्वमा आज बीरगंजका डेरि उद्योग र विभिन्न मिठाई पसलमा अनुगमन गरिएको छ ।

महोत्तरीका ब्यवसायीहरुको एउटै स्वर, अतिरन्जनापूर्ण समाचार सम्प्रेषण भएको भन्दै गरे गुनासो

बर्दीवास । मधेश प्रदेशको महोत्तरी जिल्ला स्थित बर्दिबासमा रहेका होटल तथा पर्यटन ब्याबसायीले बेला बखत घट्ने गरेको घटनालाई अतिरञ्जीत गरि पर्यटन ब्यबसायीको मनोबल घटाउने काम हुने गरेकोमा गुनासो गरेका छन ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.