logo

स्थानीय सरकार पूर्वाग्रही भएको भन्दै शिक्षक महासंघद्वारा चरणबद्ध आन्दोलनको घोषणा

 इसीमाना सम्वाददाता     २०८० जेठ ६ गते ०९: १८ मा प्रकाशित     372   पटक पढिएको

वीरगञ्ज । शिक्षक सरुवाका बिरुद्ध शिक्षक महासंघ आन्दोलीत भएको छ । स्थानीय सरकारहरुले गरेको शिक्षक सरुवा पूर्वग्रह, दूराग्रहपूर्ण भएको भन्दै महासंघ चरणबद्ध आन्दोलनमा उत्रेको हो ।

 

स्थानीय सरकारले राजनैतिक आस्था र व्यक्तिगत कुण्ठाको आधारमा भेदभाव गरेको भन्दै त्यसका विरुद्ध आन्दोलनको घोषणा गरेको हो ।


महासंघले शनिवार नेपाल पत्रकार महसंघको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरेर चारबुँदे संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक कार्यक्रम अनुसार जेठ ७ गते आईतबार जिल्लाका सम्पूर्ण विद्यालयहरुमा कार्यरत प्रधानाध्यापक, शिक्षक र कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर विरोध जनाउने, जेठ ८ र ९ गते वीरगन्ज महानगरपालिका कार्यालय अगाडि दिउँसो १ बजेदेखि बेलुकी पाँचबजेसम्म धर्ना बस्ने कार्यक्रम सार्वजनिक गरेको छ ।


जेठ ९ गते पनि शिक्षक महासंघले राखेको माग सम्बोधन नभए धर्नास्थलबाट संघर्षका कडा भन्दा कडा आन्दोलनको घोषणा गर्ने चेतावनी महासंघले दिएको छ ।

 

शिक्षा ऐन, संसोधन सहित २०२८ तथा शिक्षा नियमावली (संसोधन सहित) २०५९ कायम नै रहेको अवस्थामा अस्थायी शिक्षक नियुक्त गर्दा नियुक्ति प्रकृयाको सम्बन्धमा नियमावलीको नियम ९६ (क( र ९७ मा स्पष्ट व्यावस्था भएको र शिक्षक सरुवा गर्ने अधिकार शिक्षा नियमावलीको नियम ९९ बमोजिम जिल्ला शिक्षा अधिकारी अर्थात हालको शिक्षा विकास तथा समन्वय इकाई प्रमुखले गर्ने व्यावस्था रहेको र स्थानीय तहले अधिकार नै नभएको क्षेत्रमा हैकमवादी प्रवृत्तिले प्रधानाध्यापकहरको सरुवा, घटुवा, शिक्षक नियुक्ति लगायतका गतिविधि गरेकोले त्यसको विरुद्ध आन्दोलनमा जानुपरेको शिक्षक महासंघका पर्सा अध्यक्ष तीर्थराज यादवले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.