logo

नेपाल प्रेस युनियन पर्साको अध्यक्षमा चौहान बिजयी

 इसीमाना सम्वाददाता     २०८० जेठ १ गते ११: १२ मा प्रकाशित     336   पटक पढिएको

नेपाल प्रेस युनियन पर्साको १० औ जिल्ला अधिवेशनले बिजय चौहानलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

 

अधिवेशनको बन्द सत्रले सागंठानीक तथा आर्थिक बिषयमा छलफल गरेपछि भएको निर्वाचनमा चौहानले २३ मत प्राप्त गरि बिजयी भएका हुन ।

 

उनका निकटतम प्रतिद्वण्द्वी लालकिशोर सिंहले १८ मत प्राप्त गरेका थिए । ५० जना मतदाता रहेकोमा ४१ जनाले मात्र मतदान गरेका थिए । अध्यक्ष बाहेकका अन्य पदहरु भने सर्वसम्मत भएको नव निर्वाचित उपाध्यक्ष अली असगर देवानले बताए ।


खुला उपाध्यक्षमा क्रान्ति साह, समावेशी उपाध्यक्षमा अलीअसगर देवान सचिवमा इरफान अली कोषाध्यक्षमा कपिलदेव यादव लगायतका पदाधिकारी सर्वसम्मत भएको केन्द्रीय प्रतिनिधि गणेश रिजालले बताए ।


अध्यक्षको प्रतिस्पर्धामा उत्रिएका चौहान निर्वतमान उपाध्यक्ष थिए भने सिंह सचिव थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

होटल तथा  पर्यटन ब्यबसायीलाई करको दायरामा आउन महानगर प्रमुखको अपिल

वीरगंज ।  वीरगंज महानगरका प्रमुखले महानगरमा संचालित सम्पुर्ण होटल तथा पर्यटन ब्यबसायीहलाइ करको दायरामा आउन आग्रह गरेका छन ।

मानव बेचबिखन आरोपमा धादिङको गल्छीका भूजेल पक्राउ

वीरगंज ।    मानव बेचबिखन तथा ओसार पसार कार्यमा सलंग्न रहेको आरोपमा पर्सा प्रहरीले २४ वर्षिय राजन भूजेललाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.