logo

व्यापारीहरूद्वारा नेपालीहरूको अपमान, विदेशीको जयगान

 ईसिमाना सम्वाददाता     २०८० बैशाख २९ गते १०: २५ मा प्रकाशित     1300   पटक पढिएको

वीरगंज/ नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशले आफ्नो केंन्द्रिय अध्यक्ष र पदाधिकारीहरूको सम्मानमा आयोजित शान्त रात्रीभोजमा विभेद गरेको छ।
नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले बोलाएका आफ्ना पाहुनाहरूबीच विभेद गरेका छन्।


लर्ड्स दियालोमा हिजो बिहीबार आयोजित नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको नव निर्वाचित पदाधिकारीहरूको बधाई तथा सम्मान कार्यक्रममा अध्यक्ष टेमानीले यस्तो विभेद गरेका हुन्।


कार्यक्रममा संघीय सांसद सदस्य, प्रदेशसभाका सदस्य, बारा पर्साका प्रमुख जिल्ला अधिकारी, मधेश प्रदेशका डीआईजी, बारा, पर्साका सुरक्षा निकायका प्रमुखहरूलगायत समाजका थुप्रै लब्ध प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो।

निम्त्याइएका पाहुनाहरूकोलागि "ओल्ड दरबार" नामक स्वदेशी मदिरा राखिएको थियो भने भारतीय महावाणिज्य दूतावास वीरगंजका काउंसलरहरूकलागि "चिभाष रिगल" नामक स्कचको व्यवस्था गरिएको थियो।


मधेश प्रदेशका पूर्वमन्त्री ओम प्रकाश शर्मा आफैँ बसेर दूतावासका जूनियर अफिसरलाई कम्पनी दिइरहेका थिए। आफ्नो देशका माननीय ज्यूहरू, प्रतिष्ठित र जिम्मेवार निकायमा कार्यरत पदाधिकारीहरूप्रति वितृष्णा दर्शाउँदै विदेशीहरूप्रति अगाध प्रेम दर्शाईएकोले यहाँका व्यापारीहरूको भारतभक्तिलाई निर्लज्जतापूर्वक उजागर गरेको छ।
ओम प्रकाश शर्मा मधेश प्रदेशको ऊर्जा तथा खानेपानी मन्त्री भएपछि राजस्थानमा हर्षबढ़ाई गरिएको थियो भने भारतीय मीडियामा आफ्नो मान्छे मन्त्री भए भनेर समाचार प्रकाशन भएको थियो।
तिनै शर्माले भारतीय दूतावासका कर्मचारीलाई हाँसी हाँसी कम्पनी दिईरहेको दृश्यले उनको उनको वास्तविक राष्ट्रभक्ति छचल्किएको देख्दा कार्यक्रममा सहभागी नेपालीहरुले लज्जाबोध गरेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

बीरगंजका डेरि उद्योग र विभिन्न मिठाई पसलमा अनुगमन,डेरी उत्पादनमा सोडा पाइएपछि नष्ट गरियो

वीरगंज । खाद्य प्रबिधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय जनकपुरबाट आएको “मोबाइल ल्याब भ्यान ” र जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको संयोजकत्वमा आज बीरगंजका डेरि उद्योग र विभिन्न मिठाई पसलमा अनुगमन गरिएको छ ।

महोत्तरीका ब्यवसायीहरुको एउटै स्वर, अतिरन्जनापूर्ण समाचार सम्प्रेषण भएको भन्दै गरे गुनासो

बर्दीवास । मधेश प्रदेशको महोत्तरी जिल्ला स्थित बर्दिबासमा रहेका होटल तथा पर्यटन ब्याबसायीले बेला बखत घट्ने गरेको घटनालाई अतिरञ्जीत गरि पर्यटन ब्यबसायीको मनोबल घटाउने काम हुने गरेकोमा गुनासो गरेका छन ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.