logo

व्यापारीहरूद्वारा नेपालीहरूको अपमान, विदेशीको जयगान

 ईसिमाना सम्वाददाता     २०८० बैशाख २९ गते १०: २५ मा प्रकाशित     1209   पटक पढिएको

वीरगंज/ नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशले आफ्नो केंन्द्रिय अध्यक्ष र पदाधिकारीहरूको सम्मानमा आयोजित शान्त रात्रीभोजमा विभेद गरेको छ।
नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले बोलाएका आफ्ना पाहुनाहरूबीच विभेद गरेका छन्।


लर्ड्स दियालोमा हिजो बिहीबार आयोजित नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको नव निर्वाचित पदाधिकारीहरूको बधाई तथा सम्मान कार्यक्रममा अध्यक्ष टेमानीले यस्तो विभेद गरेका हुन्।


कार्यक्रममा संघीय सांसद सदस्य, प्रदेशसभाका सदस्य, बारा पर्साका प्रमुख जिल्ला अधिकारी, मधेश प्रदेशका डीआईजी, बारा, पर्साका सुरक्षा निकायका प्रमुखहरूलगायत समाजका थुप्रै लब्ध प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो।

निम्त्याइएका पाहुनाहरूकोलागि "ओल्ड दरबार" नामक स्वदेशी मदिरा राखिएको थियो भने भारतीय महावाणिज्य दूतावास वीरगंजका काउंसलरहरूकलागि "चिभाष रिगल" नामक स्कचको व्यवस्था गरिएको थियो।


मधेश प्रदेशका पूर्वमन्त्री ओम प्रकाश शर्मा आफैँ बसेर दूतावासका जूनियर अफिसरलाई कम्पनी दिइरहेका थिए। आफ्नो देशका माननीय ज्यूहरू, प्रतिष्ठित र जिम्मेवार निकायमा कार्यरत पदाधिकारीहरूप्रति वितृष्णा दर्शाउँदै विदेशीहरूप्रति अगाध प्रेम दर्शाईएकोले यहाँका व्यापारीहरूको भारतभक्तिलाई निर्लज्जतापूर्वक उजागर गरेको छ।
ओम प्रकाश शर्मा मधेश प्रदेशको ऊर्जा तथा खानेपानी मन्त्री भएपछि राजस्थानमा हर्षबढ़ाई गरिएको थियो भने भारतीय मीडियामा आफ्नो मान्छे मन्त्री भए भनेर समाचार प्रकाशन भएको थियो।
तिनै शर्माले भारतीय दूतावासका कर्मचारीलाई हाँसी हाँसी कम्पनी दिईरहेको दृश्यले उनको उनको वास्तविक राष्ट्रभक्ति छचल्किएको देख्दा कार्यक्रममा सहभागी नेपालीहरुले लज्जाबोध गरेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

बरिष्ठ पत्रकार गौतम स्व.पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुदै

वीरगन्ज । वीरगन्जको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनु भएका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम लाई स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय गरिएको छ।

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.