logo

महानगरपालिका र शिक्षक महासंघवीचको द्वण्द्व पेचिलो बन्दै,सरुवाको बिपक्षमा महासंघले बुझायो ज्ञापन

 इसीमाना सम्वाददाता     २०८० बैशाख २६ गते ०८: २३ मा प्रकाशित     827   पटक पढिएको

वीरगंज । वीरगंज महानगरपालिका र शिक्षक महासंघवीचको द्वण्द्व पेचिलो बन्दै गएको छ । महानगरपालिकाले केही बिद्यालयका प्रधानाध्यापकहरुलाई सरुवा गरेको बिषयलाई लिएर महानगर र नेपाल शिक्षक महासंघका वीच द्वण्द्व बढेको हो ।

 

महानगरपालिकाले शिक्षा क्षेत्र सुधार गर्ने भन्दै बिद्यालयका प्रधानाध्यापकहरुको सरुवा गरेको जनाएको छ । महानगरप्रमु राजेशमान सिंहले बिद्यालयमा राम्रो सुधार गरेका शिक्षकहरुलाई अर्को बिद्यालय राम्रो बनाउनकालागि सरुवा गरिएको दावी गरेका छन । यसलाई सकारात्मक रुपमा लिएर काम गर्न उनले अपिल मात्र गरेका छैनन आवश्क स्रोत साधन उपलब्ध गराउने प्रतिवद्धता समेत जनाएका छन ।


शिक्षा सुधारकालागि गरिएको सरुवा नमान्नेहरुलाई बिद्यमान कानूनको आधारमा कारवाहीको बाटो अख्तियार गर्ने मेयर सिंहको कडा चेतावनी छ ।

May be an image of 1 person and studying
महानगरले शिक्षा क्षेत्रमा ७ करोडको पूर्वाधार निर्माणको घोषणा पनि गरेको छ । तर शिक्षकहरुले सरुवालाई राम्रो ठानेका छैनन ।

 

उनीहरुले राजनीतिक आग्रहका कारण आफूहरुको सरुवा भएको बुझेका छन । नेपाल शिक्षक महासंघको वीरगंजमा मंगलवार सम्पन्न बिस्तारित बैठकले सरुवा नमान्ने निष्कर्ष निकालेको छ ।


महासंघले महानगरले सृजनात्मक काम गर्नुको सट्टा उसका गतिविधिबाटै शैक्षीक अवस्था अधोगतीतर्फ गएको आरोप लगाएका छ । महासंघले मंगलवारै शैक्षीक महाशाखा मार्फत महानगरप्रमुखलाई एक ज्ञापन पत्र बुझाउदै प्रचलीत संघीय शिक्षा ऐनका प्रवबन्धको खिलाफ हुने गरि कुनै पनि शिक्षक र बिद्यालय कर्मचारीलाई सरुवा नगर्न माँग गरेको छ ।

 

पूर्वाग्रह प्रेरित , शिक्षकको सम्मानमा ठेस पुग्ने गरि सरुवा नगर्न महासंघले माँग गरेको छ । बिद्यालयमा बिषयगत शिक्षकको ब्यवस्था लगायत १० बूदे ज्ञापन पत्र बुझाउदै महासंघले प्राधानाध्पाकलाई पारितोषिकको ब्यवस्था समेत गर्नु पर्ने उल्लेख गरेको छ ।


महानगरले वीरगंजमा चारवटा बिद्यालयबाट अग्रेजी माध्यममा अध्ययापन शुरु गरेको छ । अग्रेजी माध्यममा अध्ययन गर्ने छात्रा छात्राले कुनै अतिरिक्त शुल्क तिर्न नपर्ने गरि ब्यवस्स्था मिलाईएको महानगरप्रमुख सिंहको भनाई छ ।

 

पहिला अग्रजी शिक्षणका नाममा शुल्क लिने गरिएको थियो त्यसलाई बन्द गरिएको छ प्रमुख सिंहले भने यो सुधारको प्रारम्भ हो सुधार अभियानमा शिक्षक संघ संगठन संचारजगत र नागरिक समाजाको सहयोगको चाहिएको छ ।


शिक्षक महासंघले भने महानगरको सरुवालाई नमान्न आफना सदस्यहरुलाई निर्देशन दिएको छ । महासंघका अध्यक्ष तिर्थराज यादवले शिक्षकको हक हितकोलागि आफू जुन सकै अवस्थामा लडिरहने बताएका छन ।

May be an image of 2 people and people studying

उनले सरुवामा काखा पाखा गरिएको दावी गरे । बिद्यालय राम्रो बनाएको प्रधानाध्यापकलाई अर्को बिद्यालय राम्रो बनाउन सरुवा गरिएको हो भन्ने तर्क मान्ने हो भने सरुवा भएका मध्य नराम्रो चाही को हो उनले प्रतिप्रश्न गरे ।

 

राम्रो गर्नेलाई सरुवा गरिएको हो भने त्याहा नराम्रो गर्नेलाई ल्याइएको हो भन्ने अर्थ लाग्छ उनले भने सरुवाको पनि यस्तो कारण हुन्छ र ? सरुवा गरिएका शिक्षकहरुका बिषयमा कुनै समस्या छैन तर निहित स्वार्थ पूर्तीकालागि सरुवा भएकोले महासंघ शिक्षकहरुको पक्ष रहेको उनले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.