logo

पर्साको धोबिनी गाउँपालिकाका उपाध्यक्षको नेतृत्वमा जनप्रतिनिधिले नै गरे तालाबन्दी

 इसीमाना सम्वाददाता     २०८० बैशाख ८ गते ०८: ४४ मा प्रकाशित     660   पटक पढिएको

पर्साको धोबिनी गाउँपालिकाका उपाध्यक्षको नेतृत्वमा जनप्रतिनिधिले नै कार्यालयमा तालाबन्दी गरेका छन ।

गाउँपालिकाकी उपाध्यक्ष मञ्जु देवीको नेतृत्वमा शुक्रवार कार्यपालिका सदस्यहरुले गाउँपालिका कार्यालयमा ताला लगाएका हुन् ।

धोवीनी गाउँपालिकाका अध्यक्ष मदन चौहान चैत १२ गते देखी कार्यालयमा गएका छैनन । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महमद नवाज हुसैन पनि चैत ३० गतेदेखि सुत्केरी स्याहार बिदामा छन् ।

 

अध्यक्ष र प्रशासकिय अधिकृतको अनुपस्थितिमा पालिकाले कुनै काम गर्न सकेको छैन । अध्यक्ष चौहानले चैत २४ गतेकालागि वोर्ड बैठक बोलाए पनि आफैले मान्यूटमा हस्ताक्षर गर्न मानेन ।

 

कार्यालय संचालन र नागरिकको काम बेलैमा हुने वतावरण निर्माणकालागि ध्यानाकर्षण गराउन तालाबन्दी गर्नु परेको उपाध्यक्ष मंजु देवीले बताइन ।

अध्यक्ष चौहानले राजनीतिक प्रतिशोध साँध्ने मनसायका साथ करारका १५ जना कर्मचारीलाई हटाएको तालाबन्दी गर्नै जनप्रतिनिधिले आरोप लगाएका छन ।


गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत र लेखापाल धन्नजय दास समयमै कार्यालय नआए आन्दोलन अझै चर्काउने कार्यपालिका सदस्य दिनेश कलवारको चेतावनी छ । उपाध्यक्ष मञ्जु देवीको नेतृत्वमा १० जना कार्यपालिका सदस्यहरुले तालाबन्दी गरेका हुन् ।

मदन चौहाले भने आफू कार्यालयमा गइरहेको प्रतिक्रिया दिए । आफनो समय मिलाएर जाने र कार्यालयको काम गर्दै आएको चौहानको दावी छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.