logo

मतदातालाई गुनासो गर्ने ठाउँ दिने छैन एमाले उम्मेदवार न्यौपाने

 इसीमाना सम्वाददाता     २०८० बैशाख ३ गते ०९: २७ मा प्रकाशित     426   पटक पढिएको

भरतपुर । नेकपा एमालेबाट चितवन २ का उम्मेदवार रामप्रसाद न्यौपानेले आफूले जितेर गएपछि जनताले गुनासो गर्नै नपर्नेगरी काम गर्ने बताएका छन ।

 

आफूले जनताको पक्षमा काम गर्ने उल्लेख गर्दै मतदातालाई गुनासो गर्ने ठाउँ नै नदिने बताए ।
कालिका नगरपालिकाका विभिन्न वडामा आइतवार भएको घरदैलो कार्यक्रममा एमाले उम्मेदवार न्यौपानेले जनताले दिएको विश्वास र भरोसालाई उँचो राख्दै यहाँका नागरिकका परिवारको सदस्य बनेर काम गर्ने बताए ।

 

‘मैले यहाँहरुको विश्वास र भरोसालाई टुट्न दिने छैन’ न्यौपानेले भने, ‘संसद् चलेको बेलामा भन्दा अन्य बेलामा जनताका पिरमर्का र गुनासा सुन्नका लागि चितवन २ मा घरदैलोमा समय बिताउनेछु ।

 

’ चितवन बनाउन तथा यो क्षेत्र बनाउन सबैले लामो समयदेखि दुःख गरिरहेको उल्लेख गर्दै न्यौपोनले जिल्लाको विकास र समृद्धिमा सबैको योगदान रहनुपर्ने बताए ।


‘जनताको समस्या बाँकी छन्, समस्यालाई सम्बोधन गर्नुपर्नेछ, हामी त्यो अभियानमा केन्द्रित छौँ’ न्यौपानेले भने, ‘उम्मेदवारको हिसाबले म सूर्य ध्वजाबाहक उम्मेदवार छु, एमालेको उम्मेदवार छु, तर म सबै पार्टीको, सबै नागरिकको मनमनमा रहने भोलि पनि साझा जनप्रतिनिधि बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु ।

 

’ आफूले नैतिकवान समाज, व्यवस्थित समाज र सभ्य समाज निर्माण गर्ने कुरामा अगुवाई गर्ने न्यौपानेले बताउनुभयो । जिल्लालाई समृद्धि र विकासमा अघि बढाउने कुरामा आफूले अगुवाई गर्ने उनको भनाइ छ ।

 


‘मलाई थाहा छ, किसानहरुका, युवाहरुका, महिलाहरुका थुप्रै समस्या छन्’ उनले भने , ‘सरकारी सेवामा भएको ढिलासुस्तीले नागरिकमा नैरास्यता पैदा गरेको छ त्यसलाई अन्त्य गर्दै समृद्ध समाज निर्माणमा लाग्ने प्रतिबद्धता जनाउँछु ।

 


कालिका नगरपालिकामा भएको एमालेको घरदैलो कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री एवं नेकपा एमाले संसदीय दलको प्रमुख सचेतक पदम गिरीसमेत सहभागी थिए ।

 

एमालेको घरदैलो अभियान कालिकाका वडा नम्बर १, ४ र ५ मा भएको थियो । घरदैलोका क्रममा उम्मेदवार न्यौपानेले घरघरमा पुगेर मत माग्नुका साथै विभिन्न स्थानमा भएको कोणसभालाई सम्बोधन गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

नेपाल संवत् ११४६, वीरगञ्जदेखि ठोरीसम्म नेवा समुदायको उल्लासपूर्ण उत्स

वीरगञ्ज ।  नेपाल संवत् ११४६ को शुभारम्भ अवसरमा देशभर नेवा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाएका छन्। वीरगञ्ज र ठोरीमा आयोजित विशेष कार्यक्रमहरूले स्थानीय सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश प्रसारित गरेका छन्।

चन्द्रपुरमा बसमा आगलागी, यात्रु सबै सुरक्षित

चन्द्रपुर। आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–४ लच्का नजिकै काठमाडौँबाट चन्द्रनिगाहपुर आउँदै गरेको प्र.२–०३–००१ ख ५५५५ नम्बरको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.