logo

बाणिज्यदुत संगको फोटो शेयर गरेर आफू भारतीय शक्तीकेन्द्रको नजिक रहेको देखाउन खोज्ने चौधरीको पोल खुल्दै

 इसीमाना सम्वाददाता     २०७९ माघ १४ गते ०९: ५९ मा प्रकाशित     725   पटक पढिएको

चौधरी टायरबाट नेपालमा कारोबार फैलाएका ओमप्रकाश चौधरीले नेपाल मोटर नामक अफ्नो बुहारी निक्की अग्रवाल चौधरीको नाममा व्यापारिक फर्म दर्ता गराएर काम गरिरहेको बुझिएको छ।

 

नटवरलाल प्रवृतिका अमित चौधरीले आफु भारतीय दूतावासको खास मान्छे भएको र नेपालको कानूनले आफ्नो केही पनि बिगार्न नसक्ने दाबी गर्दै हिँडिरहेका छन् ।

 

बीरगञ्ज स्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्य दूत नीतीश कुमारसँग भारतको झण्डा लिएर फोटो खिचाउने र फेसबुकमा शेयर गर्ने गरेका छन् । उनले यही फोटो देखाएर आफू भारतीय शक्तीकेन्द्रको नजिक रहेको स्थापित गर्न खोजेका छन ।

अमितका बुवा ओमप्रकाश चौधरीले वाणिज्य दूतावासको अगाडि उभिएर भारतको आजादीका अमृत महोत्सव टी(शर्ट लगाएर फेसबुकमा फोटो राख्नु र भारत नेपाल दुवै देशको मतदाता भएर सरकार बनाउन छुट कसले दियो ? यो प्रश्न पेचिलो रुपमा उठेको छ ।

 

उनले आफू दुतावासको खास मान्छे भएको र उसैको हितमा काम काम गर्ने भएकोले आफनो कसैले केही बिगार्न नसक्ने आत्मबिश्वास आफना साथीहरुवीच ब्यक्त गर्ने गरेको स्रोतको दावी छ । तर

दुबै देशको नागरिकता लिएका ओमप्रकाश चौधरीको समस्त परिवारको नागरिकता जफत गरेर कानूनी कारवाही अगाडि बढाउनु पर्ने बिचार नागरिक समाजका अगुवाहरुले ब्यक्त गर्न थालेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता

काठमाडौं । पुरानो र्‍याप भिडियोमा प्रयोग भएका शब्दका माध्यमले घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन शाह बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.