logo

प्रेस सेण्टर नेपाल पर्साले संगठनको राष्ट्रिय सम्मेलन वीरगंजमै गर्न केन्द्रलाई गर्यो अनुरोध

 इसीमाना सम्वाददाता     २०७९ माघ १० गते ०४: २५ मा प्रकाशित     460   पटक पढिएको

प्रेस सेण्टर नेपाल पर्साले संगठनको राष्ट्रिय सम्मेलन फागुन १४ देखि १६ गते सम्म वीरगंजमै गर्ने प्रस्ताव केन्द्रीय समितिमा पठाउने निर्णय गरेको छ । सेण्टरको मंगलवार वीरगंजमा बसेको बैठकले यस्तो निर्णय गरेको सेण्टरका जिल्ला अध्यक्ष दीपक गौतमले जानकारी दिए ।

 


माघ १ गते संगठनका उपाध्यक्ष त्रिभुवन पौडेल र सदस्य अनिल शाहीको विमान दुर्घटनामा परेर निधन भएपछि माघ १४, १५ र १६ गते वीरगन्जमा आयोजना हुने पूर्व निर्धारित राष्ट्रिय भेला स्थगित गरिएको थियो । उक्त भेला एक महिनापछि फागुन १४, १५ र १६ गते गर्न केन्द्रलाई प्रस्ताव गर्ने निर्णय सेण्टरको आजको बैठकले गरेको हो ।

 


बैठकले प्रेस सेण्टरका उपाध्यक्ष त्रिभुवन पौडेल र पोखरा महानगरपालिका सदस्य अनिल शाहीको विमान दुर्घटनमा परी निधन भएको १३ औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभाको आयोजना गर्ने निर्णय गरेको छ ।

माघ १३ गते नेपाल पत्रकार महासंघको सभाकक्षमा प्रेस सेण्टर पर्सा जिल्ला समन्वय समितिले श्रद्धाञ्जली सभाको आयोजना गर्ने निर्णय गरेको सेण्टरका अध्यक्ष दीपक गौतमले जानकारी दिए । त्यस्तै बैठकले माघ १५ गते संगठनको स्थापना दिवस पनि मनाउने निर्णय गरेको छ ।

 

स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको अध्यक्ष गौतमले बताए ।

 

अध्यक्ष दीप गौतमको अध्यक्षतमा बसेको बैठकमा केन्द्रीय उपाध्यक्ष गोविन्द देवकोटा, केन्द्रीय सचिव एवं राष्ट्रिय समाचार समिति वीरगन्जका प्रमुख राजु विश्वकर्मा, केन्द्रीय सदस्य नीरज पिठाकोटे मगर, जगत राई, प्रदेश सचिव मूनेश लायो मगर, सदस्य अशोक श्रीवास्तव, सञ्जीप गुप्ता, जिल्ला उपाध्यक्ष कृष्णमोहन साह, कोषाध्यक्ष विदुर गौतम, सदस्य प्रणय साह लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

बरिष्ठ पत्रकार गौतम स्व.पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुदै

वीरगन्ज । वीरगन्जको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनु भएका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम लाई स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय गरिएको छ।

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.