logo

जसपा पर्साले सम्झियो बलिदानी दिवस, शहिदप्रति उच्च सम्मान प्रर्दशन, अधिकार प्राप्तिको संघर्ष जारी रहेको उद्धघोष

 इसीमाना सम्वाददाता     २०७९ माघ ५ गते ०६: ४४ मा प्रकाशित     480   पटक पढिएको

प्रथम मधेस आन्दोलनको आज १६ वर्ष पूरा भएको छ । स्वायत्त मधेस एक प्रदेश र अधिकार प्राप्तिका लागि आज भन्दा ठीक १६ वर्ष अगाडि मधेसी जनताले आन्दोलनको विगुल फुकेका थिए । प्रथम मधेश आन्दोलन आन्दोलन १९ दिनसम्म चलेको थियो ।

आजकै दिन ५ माघ २०६३ मा प्रथम मधेश आन्दोलनको क्रममा सिराहाको लहानमा रमेश महतो शहीद भएका थिए ।


मधेसमा अधिकारका लागि पटक पटक गरी तीन पटक आन्दोलन भयो । तीनवटै मधेस आन्दोलनमा गरी जम्मा १०३ जनाले शहादत प्राप्त गरे । मधेस आन्दोलनकै बलमा प्रदेशको नामाकरण मधेश प्रदेश भएको छ ।

, मधेस आन्दोलनको सम्झनालाई ताजा राख्नका लागि प्रत्येक वर्ष यो दिनलाई बलिदानी दिवसको रुपमा मनाइदै आएको छ ।

 

सोही अवसर पारेर मधेस केन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउने घोषणा गरेको छ ।


मधेस आन्दोलनका शहिदहरुको सम्झनामा मनाइदै आएको शहीद दिवस माघ ५ गते वीरगन्जमा पनि बलिदानी दिवस मनाइएको छ।
बलिदानी दिवसमा मधेस प्रदेश सरकारले आज बिहीबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ।

वीरगन्जको घण्टाघर चोक नजिकैको मधेसी सहिद पार्कमा बिहीबार जनता समाजवादी पार्टी पर्साका नेता कार्यकर्ताले शहिदका शालिकमा फूलमाला चढाएर श्रद्धाञ्जली अर्पण गरे।

 

त्यस क्रममा उनीहरुले मधेस आन्दोलन र मधेसी शहिदहरुकै त्याग र बलिदानीका कारण मधेसीले पहिचान , संघीयता , समावेशिता लगायतका अधिकार पाउन सफल भएको बताए। अझै पनि मधेस आन्दोलनका केही मुद्दा सम्बोधन हुन बाँकी नै रहेको भन्दै जसपाका नेताहरूले त्यसका लागि आफूहरुको संघर्ष जारी नै रहेको जिकिर गरे।

जसपा पर्साका अध्यक्ष रामनरेशप्रसाद यादवको अध्यक्षता तथा प्रदेशसभा सदस्य प्रमोद जयसवालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जसपाका केन्द्रीय सदस्य फिरोज मन्सुर, केन्द्रीय परिषद सदस्य शिवजी सोनी,जसपा मधेस प्रदेश उपाध्यक्ष बृजमोहन तिवारी, जिल्ला सचिव तबरेज अहमद, युवा नेता सरोज यादव, अमित यादव, सफ्रोज आलम, विद्यार्थी नेताहरु एजाजबाबु रान्की, सागिर आलम, नैमोदिन आलम, फरिद आलम, आबिद समानी लगमयतको सहभागिता थियो।

मधेस आन्दोलनका शहिदहरुकाे सम्झनामा मनाइने बलिदानी दिवस बिहीबार पर्साको पोखरियामा पनि मनाइएको छ ।पोखरीया बजार स्थित शहिद चन्दन पटेलको शालीकमा फुलमाला अर्पण गरि बलिदानी दिवस मनाइएको हो ।

जनता समाजवादी पार्टी (जसपा)) को पोखरिया नगर समितिले श्रद्धाञ्जली सभाको आयोजना गरि बलिदानी दिवस मनाएको जसपा पाेखरिया नगर समितिका अध्यक्ष राजु साहले जानकारी दिए । 

श्रद्धान्जलीसभामा बोल्दै वक्ताहरुले मधेस आन्दोलन र मधेसी शहिदको बलिदानीबाट नै संघीयता, समावेशीता जस्ता राजनीतिक उपलब्धिहरु प्राप्त भएकाले शहिदको त्याग र आहूतीलाई भुल्न नहुनेमा जोड दिए ।

कार्यक्रममा जसपाकी केन्द्रिय सदस्य नेतृ सल्मा खातनु, जसपाका केन्द्रीय सल्लाहकार खलील मिया, शहिद चन्दन पटेलका काका मनोज पटेल, जसपाका क्षेत्रीय अध्यक्ष पवन कुमार सिंह, नेतृ डा.मधु गुप्ता, मुख्तार मियाँ, हरिन्द्र साह, देवेन्द्र साह, जग मुखिया लगायतका नेता कार्यकर्ताको पनि सहभागीता थियो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु भएको छ । जिल्लाको पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो ।

निर्वाचनमा ४ दिन मात्रै बाँकी, मतदान दिन कसरी मिलाइएको छ पासको व्यवस्था

वीरगंज ।  प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन सहज रूपमा सञ्चालन हुने निर्वाचन आयोगले जारी गरेको सूचनामा उल्लेख छ  ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.