logo

प्रदेश दुईमा फोरम र राजपावीच भागवण्डा मिल्यो,राउत मुख्यमन्त्री बन्दै

      2/10/2018 गते 00 00 मा प्रकाशित     1318   पटक पढिएको

काठमाण्डौ २७ माघ। प्रदेश नं २ को सरकार निर्माणकालागि संघीय समाजवादी फोरम र राजपाबीच सहमती भएको छ । काठमाण्डौका दुबै  दलकावीचमा भएको छलफल पछि सहमती कायम भएको हो । अव प्रदेश नं २ मा    दुई दलको संयुक्त सरकार बन्नेछ ।


संघीय समाजवादी फोरम नेपालको तीनकुनेमा रहेको कार्यालयमा भएको वार्तामा भागवण्डाको कुरा मिलेको हो ।  सहमतिअनुसार २९ सांसद रहेको फोरमले मुख्यमन्त्रीसहित उपसभामुख र तीन मन्त्रालय लिनेछ ।

उसले अन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पनि लिने सहमति भएको छ ।

राजपाले सभामुखसँग भौतिक पूर्वाधार, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने भएको छ । प्रदेशसभामा रापपाको २५ सांसद छ ।

फोरमले संसदीय दलको नेतामा लालबाबु राउत चयन गरिसकेको छ । उनी अब मुख्यमन्त्री हुनेछन् ।

फोरम र राजपाले प्रदेश २ को प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धन बनाएर चुनाव लडेका थिए ।

तर, शनिबार राजपा केही लचिलो भएपछि सहमति जुटेको छ । राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले यो सहमति ५ वर्षे कार्यकालका लागि भएको बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.