logo

अखिलको २४ औं राष्ट्रिय महाधिवेशन, सेलेक्सन खारेज इलेक्सनको कार्यतालिका प्रकाशित

 इसीमाना सम्वाददाता     २०८२ जेठ २७ गते ०३: १७ मा प्रकाशित     979   पटक पढिएको

काठमाण्डौ । अनेरास्ववियुको जारी २४ राष्ट्रिय सम्मेलनमा सलेक्शनका बिरुद्ध इलेक्सनको वतावरण बनेको छ । सम्मेलनको उद्धघाटन गर्दै पार्टी अध्यक्ष के.पी.शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयनको गर्न निर्देश दिएपनि सम्मेलनका प्र्रतिनिधिहिरुले इलेक्सनको वतावरण बनाएका छन ।

 

अध्यक्ष मण्डलका अर्फबाट अखिलको नेतृत्व गर्ने आकं्रक्षा बोकेका सबैलाई मिलाएर नेतृत्व निर्माणको प्रयास गरेपनि प्रतिनिधिहरुले त्यो कुरा अस्वीकार गरेपछि नेतृत्व निर्माणको बिषय निवाृचनको माध्यमले निक्र्योल हुने भएको छ ।

 

 बन्दसत्रमा निर्वाचन सम्बन्धी सूचना सार्वजनीक भएको छ । अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो ।  

 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा मंगलबारको बन्दसत्रमा अध्यक्ष मण्डलले अध्यक्षमा सुजन कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल र अञ्जना सिवाकोटी तथा महासचिवमा दीपक धामीको नाम प्रस्ताव गरेको थियो । तर, उक्त प्रस्तावविरुद्ध असन्तुष्ट विद्यार्थीहरूले नाराबाजी गरेका थिए ।

 

नाराबाजीमा उत्रिएका असन्तुष्ट विद्यार्थीहरूले निर्वाचनको माग गरेपछि निर्वाचन समितिले नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

 

कार्यतालिका अनुसार, मंगलबार दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारी दर्ता फारम वितरण गरिनेछ । यस्तै, अपराह्न ४ देखि साँझ ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । 

राति ८ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने कार्यतालिका छ । यसैगरी, राति साढे ८ बजेसम्म उम्मेदवारविरुद्ध दाबी विरोध तथा उजुरी र ८ बजेर ४५ मिनेटमा दाबी विरोध र उजुरीमाथि छानबिन गरेर निर्णय गरिने कार्यतालिकामा उल्लेख छ । राति साढे १० बजेसम्म उम्मेदवारी फिर्ता र ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका छ । 

 

मतदान भने बुधबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने कार्यतालिकामा उल्लेख छ । अनेरास्ववियुको अध्यक्षमा सुजन कडरिया, प्रकाश पौडेल, दीपक धामी, आरती भट्टराई र अञ्जना सिवाकोटीले आकांक्षा राखेका छन् । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगन्जको सौन्दर्यकरण जोगाउन इन्टरनेट र केवुलका अब्यवस्थित तार ब्यवस्थित गरिदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी आज बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.