logo

कांग्रेस पर्सामा सभापतिका पाँच उम्मेदवार 

      2/7/2017 गते 00 00 मा प्रकाशित     1656   पटक पढिएको

वीरगन्ज २५ माघ /
नेपाली काग्रेस पर्साको जिल्ला अधिवेशनमा  ५ जनाले सभापतिमा उम्मेदवारी दिएका छन ।  
सभापतिमा जनार्दन सिंह क्षेत्री  अजय द्विवेदी ,बशिष्ट नारायण कुर्मी  ,अशोक जयसवाल र सुश्री शान्ति कार्कीले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन । 
    त्यसै गरि सचिव पदमा क्षेत्रीको सुमहबाट कृष्णमोहन प्रसाद यादव द्विवेदी समुहबाट किशोरी प्रसाद कानु र कुर्मीको समुहबाट दिनेश चौधरीले सचिवमा उम्मेदवारी दिएका छन । त्यसै गरि क्षेत्री समुहबाट कोषाध्यक्षमा राजेश्वर साह तेली द्विवेदी समुहबाट  अशोक गुप्ता र कुर्मी समुहबाट इम्तियाज आलमले उम्मेदवारी दिएका छन । हरेक निर्वाचन क्षेत्र बाट एक महिला अनिर्वाय हुने गरि पा“च निर्वाचन क्षेत्रबाट निर्वाचित हुने २५ खुला सदस्यकालागि ६३ जनाले उम्मेदवारी दर्ता गराएका छन । ४ र ५ लगायतका निर्वाचन क्षेत्रमा समुहगत रुपमा नै सदस्यको समेत उम्मेदवारी परेको छ ।
    २६ गते बिहान १० बजे सम्मकालागि उम्मेदवारको नाम फिर्ता समय सीमा तोकिएको प्रमुख निर्वाचन अधिकृत देवेन्द्र कोइरालाले जानकारी दिए । ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशीत हुने कोइरालाको भनाई छ । यस पटकको अधिवेशनमा शेर बहादुर देउवा पक्षको रुपमा चिनिएका नेताहरुको तीन वटा समुह निर्वाचनको मैदानमा उत्रिएको छ । हिजोको संस्थापन आजको पौडेल समुहका नेताहरु पनि आफनो गुट बिर्सजन गर्दै देउवा गुटमा रहेर पहिचान बनाएका नेताहरुको पक्षमा बिभक्त भएका छन । पौडेल समुह भनेर चिनिएका सभासद राजेन्द्र अमात्य सुरेन्द्र चौधरी अव पौडेल समुहमा छैनन । त्यो समुहको अहिलेको नेता अशोक जयसवाल मात्र बा“की रहेका छन ।  देउवा समुह भनेर चिनिएको आजको संस्थापनको तर्फबाट ४ जना क्षेत्री ,द्धिवेदी ,कुर्मी र कार्कीले सभापतिमा उम्मेदवारी दिएका छन ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.