logo

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

 केजिन राई     २०८२ असार ३ गते १०: ०१ मा प्रकाशित     1116   पटक पढिएको

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

निर्वाचन प्रक्रियाअनुसार गठन गरिएको पाँच सदस्यीय निर्वाचन मण्डल समक्ष तोकिएको समयसिमा भित्र अध्यक्ष पदका लागि कल्पना मगरको मात्र एकल उम्मेदवारी आवेदन परेको थियो।


अध्यक्षमा पदमा अरु कसैको  उम्मेदवारी नपरेपछि, निर्वाचन मण्डलले नियमअनुसार कल्पना मगरलाई निर्विरोध निर्वाचित अध्यक्ष घोषणा गरेको हो।

अधिवेशनले विविध भूगोल र पृष्ठभूमिबाट प्रतिनिधित्व हुने गरी नयाँ  कार्यसमिति गठन गरेको छ। उपाध्यक्षमा रोल्पाका हिमाल बुढा मगर, सचिवमा दुई जना बागलुङका सन्दर्भ पुन, र  गुल्मीकी कृष्ण कुमारी पुन चयन भएका छन्।

 

 कोषाध्यक्षमा गुल्मीकै दिपक थापा, सह(कोषाध्यक्षमा बागलुङका क्षेत्र थापा, र सांस्कृतिक विभाग संयोजकमा गोरखाका अमर रानाले जिम्मेवारी पाएका छन्। लेखा समितिको संयोजकमा म्याग्दीका मोहन रोका चयन भएका छन्।

सदस्यहरूमा रुकुमका सुजीत बुढा मगर र सतमान पुन, रोल्पाका श्याम बुढा मगर, म्याग्दीका पुरन पुन, दाङका मिलन पुन, तथा सोलुखुम्बुकी दिलमाया मगर रहेका छन्। कार्यसमितिमा विभिन्न जिल्लाका महिला र युवा प्रतिनिधित्वलाई समेटिएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा महामहिम नेपाली राजदूत सेवा लम्साल (बेनेलक्स राष्ट्रहरू तथा युरोपियन युनियन )को गरिमामय उपस्थिति रहेको थियो।

विशेष अतिथिका रूपमा अन्तराष्ट्रिय मगर महासंघ महासचिब तथा  आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष बिरमान घर्ति  मगर, अन्तर्राष्ट्रिय मगर महासंघ युरोप संयोजक नेत्र मगर, एनआरएनए बेल्जियमकी अध्यक्ष सिता सापकोटा, तथा जेष्ठ नागरिक तथा विशिष्ट अतिथि लाल प्रसाद पाईजा लगायत बेल्जियमा कृयाशिल दर्जनौ संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति  रहेको थियो। 

May be an image of 8 people and text
कार्यक्रममा प्रमुख अतिथि महामहिम सेवा लम्सालले नेपाली समुदाय विशेषतः मगर संघले प्रवासमा नेपाली संस्कृति र पहिचान संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गर्दै, बेल्जियममा रहेको नेपाली दूतावास सधैं सहयोगका लागि तयार रहेको उल्लेख गरेकी छिन् ।

नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष बिरमान मगरले मगर संघको यो सफल अधिवेशनले संस्थागत सुदृढीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै, समुदायबीचको सहकार्य अझ सशक्त बनाउन सुझाव दिएका छन्।

अन्तर्राष्ट्रिय मगर महासंघ युरोप संयोजक नेत्र मगरले मगर संघ बेल्जियमले युरोपमै उदाहरणीय संगठनको रूपमा कार्य गरिरहेको उल्लेख गर्दै, आगामी दिनमा युवा नेतृत्व र नारी सहभागिता झनै उत्साहजनक हुने आशा व्यक्त गरेका छन्।

एनआरएनए बेल्जियमकी अध्यक्ष सिता सापकोटाले गैरआवासीय नेपालीहरूको साझा हितमा मगर संघ जस्ता संस्थाको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै, भावी सहकार्यमा आफूहरू सधैं सकारात्मक रहने प्रतिबद्धता व्यक्त गरिन् ।


नव  निर्वाचित अध्यक्ष कल्पना मगरले धन्यवाद ज्ञापन गर्दै संघलाई समावेशी, क्रियाशील र समुदायको साझा आवाजको थलो बनाउन पूर्ण समर्पणका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरिन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.