logo

एनडीएबाट अगल भयो जदयु ,भारतको बिहारमा आठौ पटक नितिशले शपथ लिने

 इसीमाना सम्वाददाता     २०७९ सावन २४ गते ०८: ३० मा प्रकाशित     1027   पटक पढिएको

भारतको बिहारका मुख्यमंत्री नीतीश कुमारले मंगलवार एनडीएको मुख्यमंत्री पदबाट राजीनामा दिनै बित्तिकै उनी महागठबन्धनको नेता चुनिएका छ ।

 

यो संगै उनले फेरी सरकार बनाउने दावी पेश गरेका छन । उनीसंग महागठबन्धन सहित स्वतन्त्र बिधायकहरु गरि १ सय ६४ को संख्या जुटेको छ ।


राजद प्रमुख तेजस्वी यादवका साथमा राज्यपाल फागू चौहानलाई भेटे पछि नितिशले संचार माध्यमसंग सरकार बनाउन यथेष्ट मत रहेको बताए । जनता दल युनाइटेडको बैठक पछि कुमारले राज्यपाललाई भेटेर राजगको मुख्यमंत्रीको हैसियतबाट राजीनामा दिएका थिए ।

 

त्यसपछि नितिश पूर्व मुख्यमंत्री राबड़ी देवीको आवासमा पुगेका थिए । जाहा महागठबन्धनका सबै नेताहरु पहिला नै उपस्थित भइसकेका थिए ।

 

त्यहा आधी घण्टा बिताएका नितिह कुमारले बिहार बिधान सभामा प्रतिपक्षी दलका नेता तेजस्वी यादवसंग सर्मथन पत्र लिएर पर्के । त्यसको १५ मिने पछि बिहारका राज्यपाललाई भेटेर नितिशले सरकार बनाउने दावी पेश गरे ।

नितिहका साथमा तेजस्वी यादव, पूर्व उपमुख्यमंत्री जीतनराम मांझी जदयूका वरिष्ठ नेता संगै थिए । महागठबंधनमा राष्ट्रीय जनता दल (राजद), कांग्रेस र वाम दल शामिलछन ।

तेजस्वी यादवले आफूहरु समाजवादी भएको चर्चा गर्दै उनले लालु यादव र नितिश कुमारलाई धन्यवाद दिए । भाजपा नेता आणवानीको रथ लालु यादवले रोकेको स्मरण गर्दै भाजपाको ऐजेण्डा बिहारमा चल्न नदिने बताए ।


भाजपाका प्रदेश अध्यक्ष संजय जयसवालले भने बिधान सभा चुनाव मार्फत बिहारका जनताले ब्यक्त गरेको जनादेशका साथ नितिश कुमारले बिश्वासघात गरेको बताए । यसको जवाफ बिहारका जनताले दिने उनले बताए ।

 

नितिश कुमारको यो कदमलाई महागठबन्धनमा भएका दलका नेताहरुले समाजिक संजाल मार्फत आफनो समर्थन जाहेर गरेका छन ।

 

भोली बिहारमा नितिश कुमारले आठौ पटक मुख्यमंत्रीको शपथ लिने तय भएको छ । उनीसंगै तेजवस्वी यादवल उपमुख्यमंत्रीको रुपमा शपथ लिने छन । पटनाको राज्य भावनमा भोली २ बजे शपथ ग्रहणको आयोजना हुने भारतीय संचारमाध्यमले जनाएका छन ।

 

 

 

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.