logo

एनडीएबाट अगल भयो जदयु ,भारतको बिहारमा आठौ पटक नितिशले शपथ लिने

 इसीमाना सम्वाददाता     २०७९ सावन २४ गते ०८: ३० मा प्रकाशित     1052   पटक पढिएको

भारतको बिहारका मुख्यमंत्री नीतीश कुमारले मंगलवार एनडीएको मुख्यमंत्री पदबाट राजीनामा दिनै बित्तिकै उनी महागठबन्धनको नेता चुनिएका छ ।

 

यो संगै उनले फेरी सरकार बनाउने दावी पेश गरेका छन । उनीसंग महागठबन्धन सहित स्वतन्त्र बिधायकहरु गरि १ सय ६४ को संख्या जुटेको छ ।


राजद प्रमुख तेजस्वी यादवका साथमा राज्यपाल फागू चौहानलाई भेटे पछि नितिशले संचार माध्यमसंग सरकार बनाउन यथेष्ट मत रहेको बताए । जनता दल युनाइटेडको बैठक पछि कुमारले राज्यपाललाई भेटेर राजगको मुख्यमंत्रीको हैसियतबाट राजीनामा दिएका थिए ।

 

त्यसपछि नितिश पूर्व मुख्यमंत्री राबड़ी देवीको आवासमा पुगेका थिए । जाहा महागठबन्धनका सबै नेताहरु पहिला नै उपस्थित भइसकेका थिए ।

 

त्यहा आधी घण्टा बिताएका नितिह कुमारले बिहार बिधान सभामा प्रतिपक्षी दलका नेता तेजस्वी यादवसंग सर्मथन पत्र लिएर पर्के । त्यसको १५ मिने पछि बिहारका राज्यपाललाई भेटेर नितिशले सरकार बनाउने दावी पेश गरे ।

नितिहका साथमा तेजस्वी यादव, पूर्व उपमुख्यमंत्री जीतनराम मांझी जदयूका वरिष्ठ नेता संगै थिए । महागठबंधनमा राष्ट्रीय जनता दल (राजद), कांग्रेस र वाम दल शामिलछन ।

तेजस्वी यादवले आफूहरु समाजवादी भएको चर्चा गर्दै उनले लालु यादव र नितिश कुमारलाई धन्यवाद दिए । भाजपा नेता आणवानीको रथ लालु यादवले रोकेको स्मरण गर्दै भाजपाको ऐजेण्डा बिहारमा चल्न नदिने बताए ।


भाजपाका प्रदेश अध्यक्ष संजय जयसवालले भने बिधान सभा चुनाव मार्फत बिहारका जनताले ब्यक्त गरेको जनादेशका साथ नितिश कुमारले बिश्वासघात गरेको बताए । यसको जवाफ बिहारका जनताले दिने उनले बताए ।

 

नितिश कुमारको यो कदमलाई महागठबन्धनमा भएका दलका नेताहरुले समाजिक संजाल मार्फत आफनो समर्थन जाहेर गरेका छन ।

 

भोली बिहारमा नितिश कुमारले आठौ पटक मुख्यमंत्रीको शपथ लिने तय भएको छ । उनीसंगै तेजवस्वी यादवल उपमुख्यमंत्रीको रुपमा शपथ लिने छन । पटनाको राज्य भावनमा भोली २ बजे शपथ ग्रहणको आयोजना हुने भारतीय संचारमाध्यमले जनाएका छन ।

 

 

 

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.