logo

भारतमा संक्रमीतको संख्या ७ हजार नाघ्यो,दुई सय छयालीसको ज्यान गयो

      4/10/2020 गते 00 00 मा प्रकाशित     1549   पटक पढिएको

बीरगंज २८ चैत । 

भारतमा कोरोना भाइरसको संक्रमितको संख्या शुक्रवार राती साढे नौ बजे सम्म ७ हजार ३ सय ४७  पुगेको छ ।

पछिल्लो १२  घण्टामा मात्रै १९ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी  ६ सय १८ जना नयाँ संक्रमित थपिएका छन्। अहिलेसम्म २ सय ४५ जनाको मृत्यु भइसकेको छ भने संक्रमितमध्ये ६ सय ९५ जना निको भएर घर फर्किसकेका छन्।

महाराष्ट्रमा सबैभन्दा बढी संक्रमित भेटिएका छन्। महाराष्ट्रमा मात्रै १ हजार ३ सय ६४ कोरोना संक्रमित पाइएका हुन्।

 

त्यसैगरी महाराष्ट्रमा मात्रै १ सय ८नाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । महाराष्ट्रमा ३० हजार ब्यक्तिमा कोरोना भाइरसको संक्रमणको परिक्षण गरिएको थियो । कोरोना रोकथामका लागि भारत सरकारले तीन साताका लागि लकडाउन गरेको छ ।


आज शुक्रवार सबैभन्दा बढी १ सय ८३ जना संक्रमीतहरु दिल्लीमा फेला परेका छन । दिल्लीमा संक्रमीतको संख्या ९ सय ३ पुगेको छ  ।

 

१३ जनाको ज्यान गएको छ । दिल्लीमा ९ हजार बढीको कोरोना भाइरसको परिक्षण भएको छ ।  आज गुजरातमा १ सय १६ जना नयाँ संक्रमीत फेला परेका छन । गुजरातमा १९ जनाको ज्यान गएको छ ।

 

गुजरातमा ७ हजार ५ सय बढीमा कोरोना भाइरसको परिक्षण भएको थियो ।  बिहारमा संक्रमीतको संख्या ६० पुगेको छ भने उत्तरप्रदेशमा ४ सय ३३ जना संक्रमीत फेला परेका छन ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.