logo

फ्रान्स, इटली र स्पेनमा फेरि कोरोनाको प्रभाव बढ्यो ,बिशवभार ज्यान जानेको संख्या७४ हजार कट्यो

      4/6/2020 गते 00 00 मा प्रकाशित     1312   पटक पढिएको

काठमाडौँ २५ चैत । 
केही समयदेखि कोरोनाको महामारीमा परेका देशहरु फ्रान्स, इटली र स्पेनमा फेरि कोरोनाको प्रभाव बढेको छ । पछिल्ला तीनदिनदेखि लगातार घटेको संक्रमण पछिल्लो २४ घण्टामा पुन बढेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा फ्रान्समा ८ सय ३३, इटलीमा ६ सय ३६, स्पेनमा ७ सय  जनाको ज्यान गएको छ । यसअघि फ्रान्समा ५ सय १८, इटलीमा ५ सय २५ र स्पेनमा ६ सय ९४ जनाको ज्यान गएको थियो ।

यस्तै, पछिल्लो अपडेट अनुसार २४ घण्टामा अमेरिकामा १ एक हजाार २सय ५५, जर्मनी २ सय २६, यूके ४ सय ३९, इरान १ सय ३६, बेल्जियम १ सय ८५ र नेदरल्याण्डमा १ सय १ जनाको ज्यान गएको छ । 

२४ घण्टामा विश्वभर ५ हजार २ सय २८ जना संक्रमितको ज्यान गएको छ। यो सँगै विश्वभर ज्यान गुमाउनेको संख्या ७४ हजार ६ सय ५४ पुगेको छ।

विश्वभर सोमबार मात्रै ७३ हजार १०२ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै संक्रमितको संख्या १३ लाख ४६ हजार ३ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संक्रमित मध्ये २ लाख ७८ हजार ४ सय ४५ जना संक्रमित उपचारपछि घर फर्किएका छन् । ४७ हजार ५ सय १३ संक्रमितको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वित्त आयोगको मूल्यांकनमा काठमाडौं पुछारमा, विराटनगर अग्रस्थानमा

काठमाडौं । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको पछिल्लो कार्यसम्पादन मूल्यांकनमा देशका ६ महानगरपालिकामध्ये काठमाडौं महानगरपालिका सबैभन्दा कमजोर देखिएको छ।

ठोरी गाउँपालिकामा पतञ्जली योग तदर्थ समिति गठन, निःशुल्क योग शिविर सञ्चालन

वीरगञ्ज  । ठोरी गाउँपालिकामा योग, स्वास्थ्य र अनुशासित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले पतञ्जली योगको गाउँपालिका स्तरीय तदर्थ समिति गठन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.