logo

भारतमा चौहत्तर जनाको को मृत्यु दुई हजार छ सय बढी संक्रमीत

      4/3/2020 गते 00 00 मा प्रकाशित     1739   पटक पढिएको

दिल्ली २१ चैत । 
छिमेकी भारतमा कोरोना भाइरस संक्रमण सम्बन्धी आंकडा छिन छिनमा परिर्वतन भइरहेका छन । पछिल्लो आंकडा अनुसार भारतमा संक्रमीतहरुको संख्या २ हजार ६ सय नाघेको छ भने मृत्यु हुनेको संख्या ७४ पुगेको छ । 

आज ९८ वटा नयाँ संक्रमीतहरु पहिचान गरिएका छन । ६३ जना तब्लीगी जमात संग सम्बन्धीत रहेका छन । 
नयाँ संक्रमीतहरुमा उत्तरप्रदेश मा ४४ राजस्थान २१, आंध्रप्रदेश मा १२, हरियाणा मा ८, गुजरात मा ७, दिल्ली मा २,  महाराष्ट्र, कर्नाटक, गोवा र जम्मू कश्मीर मा १र१  जना फेला परेका छन ।

 

यो संगै कुल संक्रमीतहरुको संख्या २ हजार ६ सय ४० पुगेको छ । १ सय ९१ जना उपचार पछि घर फर्किएका छन । ७४ जनाको ज्यान गएको छ ।

 

यो आंकडा कोभिड१९इन्डिया डट ओआरजी मा उल्लेख छ । उत्तरप्रदेश र राजस्थानमा  ६५  जना आज संक्रमित फेला परेका छन । त्यसमा ६३ जना दिल्लीको तब्लीगी जमातबाट फर्किएका हरु हुन । 

मैनबत्ती जलाउन प्रधानमंत्रीको अपील 

लॉकडाउनका वीच जनताको हौसला बढाउनकालागि प्रधानंत्री नरेन्द्र मोदीले शुक्रवार भिडियो सन्देश मार्फत नागरिकलाईm सम्बोधन गर्नु भएको छ । आफनो सन्देशमा जनता जनार्दन र ईश्वरको रुप भएको भन्दै लकडाउनमा जनताले देखाएको अनुशासन र सहयोगकालागि प्रधानमंत्रीले धन्यवाद दिनु भयो ।  

 

उहाँले ५ अप्रिल रातको ९ बजे घरका सबै बत्ती बन्द गरेर घरको ढोका अथवा बरण्डामा उभिएर ९ मिनेटकोलागि मैनवत्ती दियो  टर्च  अथवा मोवाइलको फ्लैशलाइट बाल्न आग्रह गर्नु भएको छ ।   प्रकाश को महाशक्तिको अनूभूती भएपछि लाग्दछ की हामी कोही एक्लै छौनौ प्रधानमंत्रीले आफ्नो सन्देशमा भन्नु भएको छ । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.