logo

दिल्लीमा मरकजबाट निस्केका दुईको ज्यान गयो,सात चिकित्सकमा कोरोना संक्रमण पुष्टि

एजेन्सी

      4/2/2020 गते 00 00 मा प्रकाशित     1540   पटक पढिएको

नई दिल्ली २० चैत ।
 निजामुद्दीन स्थित तब्लीगी मरकजबाट निस्किएका मध्य दुईजनाको ज्यान गएको छ । दिल्लीका मुख्यमंत्री   अरविंद केजरीवालले अनलाई संचार सम्मेलन मार्फत यस्तो जानकारी गराउनु भएको हो ।

 

मुख्यमंत्री केजरिवालका अनुसार यो दिल्लीमा सहित ४ जनाको ज्यान गएको छ । उहाँका अनुसार दिल्लीमा अहिले सम्म कोरोनाको संक्रमण नियन्त्रणमा रहेको छ ।

यसलाई रोक्न आवश्यक सबै कदम उठाइएको उहाँले जानकारी दिनु भयो । उहाँले बिदेशबाट आएका २९ केस थिए भने  मरकजबाट २३ सय ४७ जनालाई निकालिएको थियो । 

समाचार एजेंसी एएनआइका मुताविक   केजरीवालले दिल्लीमा अहिले सम्म २ सय १९ संक्रमणका केश पुष्टि भएको र यसमा १ सय ८  निजामुद्दीन स्थित तब्लीगी मरकजका मान्छेहरु हुन । 


मरकज के प्रमुख मौलाना मुहम्मद साद बिरुद्ध मुद्धा दर्ता

निजामुद्दीन स्थित तब्लीगी मरकजमा  लॉकडाउनका  दौरान जमातीलाई राखेको बिषयमा दर्ताको मुद्धाको अनुसन्धान प्रहरी अधिकारी एसएन श्रीवास्तवले  क्राइम ब्रांचलाई सुम्पिनु भएको छ ।

 

यो मुद्धामा प्रहरीले मरकजका  प्रमुख मौलाना मुहम्मद साद समेत सात मौलानाको पनि नाम समावेश छ । यसमा अन्य मौलानामा मुहम्मद अशरफ, मुफ्ती शरजाद, डॉ. जीशान, मुरसलीन सैफी, यूनुस र  मो. सलमान रहेका छन। 

दिल्लीमा सात चिकित्सकमा कारोना संक्रमण

दिल्लीमा सात जना चिकित्सकमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।  अस्पताल अखिल भारतीय आयुर्विज्ञान संस्थान ( एम्‍स  का  फिजियोलॉजी विभागका एकजना  रेजिडेंट डॉक्‍टरमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

 

 रानी मालवीय नगर निवासी ति चिकित्सक  दिल्ली परिवहन निगमको बस बाट अस्पताल जाने आउने गर्थे । चिकित्सकलाई एम्सकै नयाँ प्राइभेट वार्डमा भर्ना गरिएको छ ।

 

उनका परिवारलाई निगरानीमा राखिएको अधिकारीले बताएका छन । यस अघी दिल्लीमा छ जना चिकित्सकहरुमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । 

 सरदार पटेल अस्पतालमा  कार्यरत एक जना रेजिडेंट डॉक्टरमा पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।  उनकी पत्नी सफदरजंग अस्पतालमा कार्यरत छिन उनी पनि कोरोना भाइरस पीडित हुन ।

 

 दुबै जनाको उपचार  सफदरजंग अस्पतालमै भइरहेको छ । उनीहरु हालै दुबई बाट फर्किएर आएका हुन । यो भन्दा पहिला मोहल्ला क्लीनिकका दुई चिकित्सक संक्रमीत भएका थिए । यो बाहेक  मौजपुरमा पनि एक जना चिकित्सक संक्रमीत भएका छन । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.